Friday 16th October 2026

चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश


तितोपाटी- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी समूदायका केही अभियन्ताले उक्त चलचित्रविरुद्ध रिट हालेका थिए । उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिञ्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको हो ।

अदालतको आदेशपछि चलचित्र शुक्रबार प्रदर्शनमा नआउने भएको छ । उच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले २२ गतेको छलफलपछि चलचित्रबारे निर्णय हुने बताए । याम थापा निर्देशित यो चलचित्र बादी महिलाको कथामा आधारित रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि केही वादी अभियन्ताहरुले विरोध जनाएका थिए । चलचित्रले वादी समूदायलाई बदनाम गर्न खोजेको उनीहरुको आरोप छ । ‘लालीबजार नाममाथि पनि उनीहरुले आपत्ति जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

प्रतिकृयाहरू
...