Tuesday 25th August 2026

४,२८६ प्रतिनिधि सहभागी हुने एनआरएनए विश्व सम्मेलन काठमाडौंमा


काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्। सम्मेलन मार्च १४ देखि १६ सम्म Kathmandu मा आयोजना हुँदैछ।

एनआरएनएका अनुसार विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको प्रतिनिधित्व गर्दै ठूलो संख्यामा प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुन लागेका हुन्। सम्मेलनमा केही प्रतिनिधिहरू भौतिक रूपमा उपस्थित हुनेछन् भने केहीले अनलाइन माध्यमबाट पनि सहभागिता जनाउने व्यवस्था गरिएको छ।

तीन दिनसम्म चल्ने सम्मेलनमा गैरआवासीय नेपालीहरूको एकता, लगानी, सीप तथा ज्ञान हस्तान्तरण, युवाहरूको भूमिका, महिला सहभागिता र दोस्रो पुस्ताका नेपालीहरू सम्बन्धी विषयमा विभिन्न सत्रमार्फत छलफल गरिनेछ।

यस सम्मेलनकै क्रममा एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढाइने कार्यक्रम रहेको छ। विश्वभर फैलिएका नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालको विकासमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

प्रतिकृयाहरू
...