Sunday 22nd March 2026

मलेसिया सरकारद्वारा गैरकानुनी कामदारहरूलार्इ अा-अाफ्ना देश फर्कन अगष्ट ३० सम्मको अल्टिमेटम


तितोपाटी – मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ ।

मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित गरिने जनाइएको छ।

गतबर्ष फेब्रुअरी १६ देखि त्यस्ता कामदारका लागि बैधानिकता प्रक्रियामा सामेल भइ अस्थायी श्रम अनुमति लिएर काम गर्न या अध्यागमन कार्यालयमा तोकिएको जरिवाना रकम तिरेर स्वदेश फर्कन पाउने (थ्री प्लस वान भोलुन्टारिली प्रोग्रामअन्तर्गत) दोहोरो अवसर दिएको थियो।

गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएकोमा यो वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समयावधि थपेको थियो। उक्त विज्ञप्तीमा गैरकानुनी आप्रवासी कामदार बैधानिक हुन दिइएको ‘रिहाइरिङ’ कार्यक्रमको समयसीमा अब नथपिने उल्लेख गरिएको छ।

थप कडाईको संकेत
सरकारले दिएको अवसरको वेवास्ता गर्ने कामदार र कानुनी प्रक्रियाको अवलम्बन नगरि गैरकानुनी कामदारलाई रोजगारी दिने रोजगारदाता दुवैलाई दण्डित गरिने जनाएको छ। उसले गैरकानुनी आप्रवासी कामदारबिरुद्ध थप कडाई गर्ने संकेत गरेको हो।

गत महिना नयाँ सरकार गठन भएसँगै मलेसियाले आप्रवासी कामदारको निर्भरता घटाउने जनाउँदै आएको थियो। अवैधानिक आप्रवासी कामदारहरु हटाउन यसअघि विभिन्न चरणमा आममाफी, बैधता कार्यक्रम र फिर्ती कार्यक्रम लगायतका थुप्रै अवसरहरु दिइसकेको छ।

नेपाली दुतावासका अनुसार गतवर्ष करिब १६ हजार अवैधानिक नेपाली कामदार स्वदेश फर्किएका थिए। मलेसियाली सरकारले दिएको उक्त कार्यक्रमको मौका छोप्दै उनीहरु स्वदेश फर्केका थिए।
सरकारले ‘माईईजी सर्भिसेज वर्हाड’ लगायत विभिन्न ८ कम्पनीहरुले मलेसियाली अध्यागमन विभागसँग सहजीकरण गरि गैरकानुनी कामदारलाई घर फर्काउन सरकारी अनुमति पाएका थिए। पूर्व सरकारले यस सम्बन्धमा विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता पनि समाप्त हुने विज्ञप्तिमा उल्लेख छ।

यात्रा अनुमति पत्र लिनेको भीड
हाल समेत जारी ‘थ्री प्लस वान भोलुन्टारिली प्रोग्राम’ अन्तर्गत दैनिक सय जनाको हाराहारीमा नेपालीहरु स्वदेश फिर्तीका लागि यात्रा अनुमतिपत्र लिन दुतावास पुग्ने गरेका छन्। यात्रा अनुमतिपत्र लिएपछि उनीहरु आउटपासका लागि अध्यागमन विभागमा जानुपर्ने हुन्छ। सहजीकरणका लागि सरकारी मान्यता पाएका कम्पनीका प्रतिनिधिको सहारामा उनीहरु आउटपास लिन अध्यगागमन विभागको कार्यालयसम्म पुग्छन्।

करिब २० लाखभन्दा आप्रवासी कामदार बैधानिक रुपमा कार्यरत रहेको बताइने मलेसियामा अझैं लाखौं कामदारहरु अवैधानिक अवस्थामा कार्यरत रहेको हुनसक्ने अनुमान छ। यहाँ करिब ५ लाख नेपाली बैधानिक रुपमा कार्यरत रहेका र हजारौं नेपाली अवैधानिक अवस्थामा कार्यरत रहेको हुनसक्ने ठानिएको छ।

सरकारी आँकडाअनुसार गत महिना मे २८ सम्ममा कुल ८३ हजार ९ सय १९ रोजगारदाता कम्पनीसँग सम्बद्ध कुल ७ लाख ४४ हजार ९ सय ४२ जना आप्रवासी कामदारले अस्थायी श्रम अनुमतिका लागि दर्ता भएका छन्। तीमध्ये हजारौं नेपाली छन्। उनी निर्माण, उत्पादन, कृषि, सेवा लगायत क्षेत्रमा काम गर्न श्रम अनुमतिका लागि दर्ता भएका हुन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...