Wednesday 1st April 2026

नेफेसो कुवेतको एेतिहासिक प्रथम अधिवेशनको लागि फोरम नेपालका सह-अध्यक्ष श्रेष्ठ अाज कुवेत अाउँदै


तितोपाटी – सङ्घीय समाजवादी फोरम नेपालको भातृसंगठन नेपाली सङ्घीय समाज (नेफेसो कुवेत)को एेतिहासिक प्रथम अधिवेशनको लागि फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अाज सेप्टेम्बर १९ तारिकका दिन कुवेत आउँदैछन्  । नेफेसो कुवेतले यस अघि नै सार्वजनिक विज्ञप्ति जारी गरि अाफ्नो प्रथम अधिवेशनको लागि प्रमुख अतिथिको रूपमा केन्द्रिय सह-अध्यक्षलार्इ कुवेत ल्याउन लागेको जनाएको थियो । तितोपाटी डट कम लार्इ प्राप्त जानकारी अनुसार पार्टी सह-अध्यक्ष श्रेष्ठ अाज अपरान्ह ३ः३५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् भने विमानस्थलमै कुवेतवासी नेपाली समुदायले स्वागत गर्ने छन् ।

“सामाजिक समानता र सह-अस्तित्वको लागि सङ्घीयता आर्थिक बिकास तथा समातामुलक समृदिको लागि समाजवाद,श्रमजीवी तथा उत्पीडित समुदायहरु एक होउ” भन्ने मूल नारालाई आत्मासाथ गर्दै गठन भएको नेफेसो कुवेतले प्रथम अधिवेशन भब्यताका साथ गर्न लागेको हो ।

नेफोसो कुवेतले अाफ्ना नेतालार्इ कुवेतमा स्वागतको लागि कुवेतमा रहेका नेपाली श्रमजिबी दाजु भाई तथा दिदी बहिनी साथै बिभिन्न संघसंस्थामा लाई प्रतिनीधित्व गरिरहनु भएका पदाधिकारी, पत्रकार,खेलाडी,कलाकार,बुद्धिजीवी लगायत सम्पुर्णलाई अाज ३:३५ मा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थिति जनाइदिन हार्दिक अनुरोध गरेको छ । साथै अधिवेशन सभ्य र भब्य बनाउनको लागि कुवेतमा रहेका बिभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधी लगायत सबैलाई निमन्त्रणा पठाईसकेको, यदि निमन्त्रणा प्राप्त नभएको भए यसै सुचनालाई आधार मानि सहभागिताको लागि अायोजकले अाग्रह गरेको छ ।

अधिवेशन कार्यक्रमको विवरण यस प्रकार रहेको छः

स्थानः अल हाइतम रेष्टुरेण्ट फरवानिया कुवेत ।

मितिः सन २०१८ सेप्टेम्बर २१ तारिक शुक्रबार ।

समयः बिहान ११ बजे ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...