Saturday 10th October 2026

नेपाली दूतावास कुवेतले ३ करोड ४५ लाख बढिको क्षतिपूर्ती नेपाल पठायो


गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८ जना नेपाली नागरिकहरूको क्षतिपूर्ति बापतको ठूलो रकम सङ्कलन गरी नेपाल पठाएको छ। दूतावासले उपलब्ध गराएको पछिल्लो प्रेस विज्ञप्ति अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा मात्रै उल्लेख्य रूपमा क्षतिपूर्ति बापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात् पाउने रकम र सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग एवं मानवीय सहायता गरी कुल ७३,८४८.७८९ कुवेती दिनार (त्रिहत्तर हजार आठ सय अठचालीस कुवेती दिनार र सात सय उनान्नब्बे फिल्स) प्राप्त भएको छ।
​दूतावासले स्थानीय कानुन व्यवसायीहरूको मद्दत लिई निरन्तर गरेको पहल र कानुनी पैरवीका कारण यो रकम उठाउन सफल भएको हो। सार्वजनिक गरिएको विवरण अनुसार, पीडित नेपालीहरूले प्राप्त गरेको रकमको प्रकृति हेरी न्यूनतम १०० कुवेती दिनारदेखि अधिकतम २८,४६७ कुवेती दिनारसम्म रहेको छ। ७८ जनाको नामावलीमा झापाका नेपाल किस्कु सत्तार, नवलपरासी पूर्वका हेम बहादुर सुनारी, बाराकी धन कुमारी थापा, मोरङकी अम्बिका वि.क., धनुषाका देव नारायण राउत गदेरी, काभ्रेपलाञ्चोककी अञ्जली तामाङ घिसिङ, रुपन्देहीका तुक बहादुर रायमाझी लगायतका नेपालीहरू रहेका छन्। उक्त सङ्कलित रकम सम्बन्धित मृतक वा घाइते नेपाली नागरिकका कानुनी हकदारहरूले प्राप्त गर्ने गरी परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, काठमाडौँमा विभिन्न समयमा पठाइसकिएको दूतावासले जनाएको छ।
​परदेशको कठिन भूमिमा आफ्ना नागरिकहरू समस्यामा पर्दा वा असामयिक निधन हुँदा तिनका शोकाकुल परिवारको न्यायका लागि कुवेतस्थित नेपाली दूतावासले निर्वाह गरेको यो अभिभावकीय भूमिका अत्यन्तै गौरवपूर्ण र प्रशंसनीय छ। जटिल कानुनी प्रणाली, भाषाको चुनौती र कूटनीतिक अड्चनहरूका बीचमा पनि विचलित नभई नेपाली श्रमिकको रगत-पसिनाको उचित मूल्य दिलाउन अहोरात्र खटिने महामहिम राजदूत, श्रम सहचारी र सम्पूर्ण दूतावास परिवारको यो इमानदार प्रयासको जति प्रशंसा गरे पनि कम हुन्छ।
​एउटा जिम्मेवार सरकारी नियोगले देखाएको यो उच्च कार्यकुशलता र मानवीय संवेदनाले प्रवासमा रहेका लाखौँ नेपालीहरूमा राज्यप्रतिको भरोसा र आत्मविश्वासलाई अझ प्रगाढ बनाएको छ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...