Wednesday 8th October 2025

एकैदिन १२ फिल्मले लिए निर्माण इजाजत


घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले निर्माण इजाजत लिएको बोर्डले जनाएको छ ।निर्मात्री नीता ढुंगानाले आफ्नो ब्यानर निता फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा दुई फिल्मको लागि निर्माण इजाजत लिएकी छन् । उनले ‘एक दुई तीन’ र ‘सुख दुःख’ शीर्षकमा दुई फिल्मको निर्माण इजाजत लिएकी छन् । कलाकारमा उनको आफ्नै नाम छ ।

गणेशदेव पाण्डेको निर्देशनमा बन्ने ‘पारी बुटोल’ले पनि अनुमति लिएको छ । चेतन आङथुपोले आफ्नो निर्माण र निर्देशनमा बन्ने फिल्म ‘दारासिङ’को लागि निर्माण इजाजत लिएका छन् । प्रचण्डमान श्रेष्ठले आफ्नो निर्माण र निर्देशन रहने दुई फिल्म ‘पथलैया’ र ‘जयन्ती’को लागि इजाजत लिएका छन् । ‘जयन्ती’मा अरुण क्षेत्रीलाई कलाकारको रुपमा चिनाइएको छ ।सविन श्रेष्ठले आफ्नो ब्यानर सविन फिल्म्स प्रालिबाट बनाउन ‘कश्यप’ फिल्मलाई निर्माण इजाजत लिएका छन् ।

वल्र्डवाइड फिल्म्स प्रालिले ‘स्वर्गीय सिंगे’ बनाउन इजाजत लिएको छ । केकी अधिकारीले आफ्नो निर्माण हुने उल्लेख गर्दै ‘भद्रकाली’ र ‘राधा पियारी’ शीर्षकमा २ फिल्मको निर्माण इजाजत लिएकी छन् । जसअनुुसार ‘भद्रकाली’लाई उनका भाई विम्वले निर्देशन गर्ने उल्लेख छ ।‘राधा पियारी’लाई संजय चौलागाईंले निर्देशन गर्ने र केकी र विम्व कलाकार हुने उल्लेख छ । रोशन दासले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘प्रतिवैरम’ बनाउन निर्माण इजाजत लिएका छन् । गौरव पहारी र पवित्रा साँखी (मिस पवि)को अभिनय रहने फिल्म ‘परिवेश’ले निर्माण इजाजत लिएको छ ।
-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...