Sunday 14th June 2026

हमास को हार निश्चित भईसक्यो -अब एकसाता पनि टिक्ने अवस्थामा देखिन्न


दोहामा भईरहेको बार्तामा कुरा नमिल्न लाग्दा ईजरायल ले हमास विरुद्ध विशाल कारबाही थालेको छ । यस क्रम मा हरेक आक्रमणमा सय र त्यो भन्दा बढी संख्यामा हमास समर्थक र सर्वसाधारण मारिन थालेका छन । पुरै गाजा लाई कव्जा गर्ने गरी अघि बढेको ईजरायल लाई रोक्न र भोकमरी ले मर्न बाट आफ्ना जनतालाई जोगाउन हमास हदैसम्म को लचिलो भएर नयाँ प्रस्ताव अघि सारेको छ ।

हमासले दुई महिनाको युद्धविरामको बदलामा बाँकी रहेका आधा जीवित बन्धकहरू र केही शवहरूलाई रिहा गर्ने प्रस्ताव गरेको प्यालेस्टिनी स्रोतहरूले स्काई न्यूज अरेबियालाई बताएको समाचार बाहिरिएको छ ।

उसले अस्थायी युद्धविरामको माग गर्नुका साथै, हमासले राहत वितरण तत्काल पुनः सुरु गर्ने शर्त पनि राखेको छ।

हमासले अस्थायी युद्धविरामको समयमा युद्ध अन्त्य गर्न वार्ता सुरु हुने र इजरायलले सहायता वितरणमा सर्तहरू र अवरोधहरू राख्न बन्द गर्ने बलियो अमेरिकी ग्यारेन्टी पनि चाहिने भनेको छ ।

सोही स्रोतले संकेत गर्‍यो कि हमासले अमेरिकाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै पनि सम्झौताका सर्तहरू पालना गर्न बाध्य पार्न सक्छ कि सक्दैन भन्ने कुरामा शंका गरेको छ । किनकी स्रोतले अन्तिम बाँकी अमेरिकी बन्धक, एडन अलेक्ज्याण्डरको गत हप्ता रिहा गर्नुको सर्त खाद्यान्न खुल्ला गर्ने अमेरिकी बचनबद्दता थियो । उनको रिहाइपछि, हमासले इजरायलले मानवीय र खाद्य सहायताको प्रवेशलाई अनुमति दिन थाल्ने अपेक्षा पुरा नभएको मा हमास छुब्ध छ । ट्रम्प प्रशासनले पनि इजरायललाई त्यसो गर्न दबाब दिएन भन्ने उसको भनाई छ ।

हमासले थप अनुरोध गर्दै भनेको छ । हमास नेतृत्वका परिवारका सदस्यहरूलाई गाजा पट्टी छोड्न अनुमति दिन र इजरायलले उनीहरूका पछि नलाग्न वाचा गर्न पर्ने अनुरोध आफ्नो प्रस्ताव मार्फत गरेको छ।

हमास को पछिल्लो प्रस्ताव ले अब उ थाकेको र ईजरायलसँगको युद्ध बाट हार मानेको प्रष्ट बुझन सकिन्छ । त्यसो त हमास को शिर्ष नेतृत्व सवै गुमिसकेको अवस्था छ । अहिले सम्ममा याहयाह सिनुवार तीन दाजु भाई सबै मारि सकेका छन । कोही टेन्टमा, कोही सुरुंग भित्र र कोही रेजिडेन्सियल हाउस भित्र मारिएका हुन । यसरी नै स्थानिय कमाण्ड समाल्नेहरु पनि लगभग दुई तिहाई सखाप भई सकेका छन । प्यालेस्टाईनहरु पनि हमास को विरुद्धमा जागि सकेका छन ।

एक प्रकार ले हेर्ने हो भने हमास अन्तिम ढुकढुकी को सास लिईरहेको छ । जसरी हुन्छ संझौता गरेर बचेको नेतृत्व र तिनका परिवार लाई बचाउन उसले केही बन्दकहरु राखेर बार्गेनिंग जारी राखेको छ । ईजरायल भने यति बेला बार्ता हैन हमास को पराजय लाई पहिलो शर्त बनाएर अन्तिम पटक दवाव दिन अग्रसर देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

प्रतिकृयाहरू
...