Saturday 27th June 2026

कुवेत आएको ९ महिनामै अस्ताए सिन्धुलीका सुबास भ्लोन


कुवेतमा कार्यरत नेपाली श्रमिकको हृदयघातको कारण मृत्यु भएको छ । नेपालको सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका – ५ घर भइ करिब ८-९ महिना अगाडि डेलिभरी ड्राइभरको रूपमा कुवेतमा श्रम गर्न आएका सुबास भ्लोनको हिजो १६ मार्च २०२५ का दिन ३० वर्षको कलिलो उमेरमै मृत्यु भएको हो ।

राहदानी नं. PA2172787 भएका उनी दैनिक डेलिभरीको काम सकेर कोठामा आइ खाना खाएर सुतेकोमा बिस्तारामा सुतेकै अबस्थामा मृत्यु भएका हो भने उनको मृत्यु बारे नेपाली दूतावासलाइ जानकारी गराइसकिएको र कानुनी प्रकृया पुरा गरि छिट्टै नै पार्थिव शरीर नेपाल पठाउने व्यवस्था गर्ने दूतवास श्रोतले जनाएको छ ।

पारीवारको उज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा होमिएका मृतकका घरमा श्रीमती, एक छोरी र एक छोरा रहेका छन् भने उनका बाबु वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा र बहिनी कुवेतमै कार्यरत रहेकी छन् ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...