Sunday 25th October 2026

कुवेत आएको ९ महिनामै अस्ताए सिन्धुलीका सुबास भ्लोन


कुवेतमा कार्यरत नेपाली श्रमिकको हृदयघातको कारण मृत्यु भएको छ । नेपालको सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका – ५ घर भइ करिब ८-९ महिना अगाडि डेलिभरी ड्राइभरको रूपमा कुवेतमा श्रम गर्न आएका सुबास भ्लोनको हिजो १६ मार्च २०२५ का दिन ३० वर्षको कलिलो उमेरमै मृत्यु भएको हो ।

राहदानी नं. PA2172787 भएका उनी दैनिक डेलिभरीको काम सकेर कोठामा आइ खाना खाएर सुतेकोमा बिस्तारामा सुतेकै अबस्थामा मृत्यु भएका हो भने उनको मृत्यु बारे नेपाली दूतावासलाइ जानकारी गराइसकिएको र कानुनी प्रकृया पुरा गरि छिट्टै नै पार्थिव शरीर नेपाल पठाउने व्यवस्था गर्ने दूतवास श्रोतले जनाएको छ ।

पारीवारको उज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा होमिएका मृतकका घरमा श्रीमती, एक छोरी र एक छोरा रहेका छन् भने उनका बाबु वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा र बहिनी कुवेतमै कार्यरत रहेकी छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...