Sunday 11th January 2026

कविता:कमाई -नारायण कोइराला


ताली बजाउनेहरु धेरै देखेँ
गालीमा रमाउनेहरू धेरै भेटेँ
पैताला सधैँ जमीनमा राखेँ
सिर सधैँ ठाडो पारेँ
पैतालाको समस्याले जमीन भासिएन
गाली रमाउनेसँग सिर कहिल्यैँ झुकेन
पैताला पट्पट फुट्दा पनि जमीन फुटेन
लक्ष्यको पछि भागेको मस्तिष्क
कहिल्यै बिचल्ली भएन
खुसीमा खित्तित हाँसेन अनुहार
दुःखमा धरधरी रोएन अनुहार
हाँस्यो त मनसँग हाँस्यो सफलतामा
रोयो त मनसँग रोयो असफलतामा
कसैको डाह र इस्या गरेन संघर्षले
जति सक्यो मिहिनेत मै रमायो
न आफूलाई केही कमायो
न अरूलाई केही बनायो
मरुभूमीमा गएर सबै पसिना बगायो
मारुभूमिमा कमाएको पसिनाले देशमा
आफ्नो परिवार बस्ने घर बनायो
अहिले ,
शरीर घरमा उठ्नै नसक्ने गरी ढलायो
विदेशमा सकिनसकी गरेको मिहिनेतले
नराम्ररी शरीर गलायो
गाउँटोलमा परदेशी पीडाको चर्चा गरायो
लाग्छ जिउँदो छँदा देशमा केही नगरे पनि
मृत्युपछि घाटसम्म जाने मलामी कमायो।।

नारायण कोइराला
तानसेन,पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...