Monday 18th May 2026

कोलकाताको निजी अस्पतालले बंगलादेशी नागरिकको उपचार नगर्ने


बंगलादेशमा जारी तनाव र इस्कॉनसँग आबद्ध चिन्मय दास प्रभुको गिरफ्तारीको विरोधमा कोलकाताको एक स्त्री रोग विशेषज्ञ र एक निजी अस्पतालले बंगलादेशी नागरिकको उपचार नगर्ने घोषणा गरेका छन् ।

स्त्री रोग विशेषज्ञ इन्द्रनिल साहले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णयको जानकारी दिएका छन् । सहरको माणिकतला क्षेत्रमा रहेको जेएन रोय अस्पतालले पनि यस्तै जानकारी दिएको छ । मिडियालाई दिएको जानकारीमा अस्पताल व्यवस्थापनले यस्तो निर्देशन दिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक सुभ्रांशु भक्तले अस्पतालको स्वागत कक्षबाहिर टाँसिएको यस्तो निर्देशन दिएका हुन् ।

शुक्रबार राति अबेर अस्पतालका निर्देशकले पत्रकारहरुसँग कुरा गर्दै यो निर्णय शुक्रबारदेखि नै लागू भएको र अर्को निर्णय नभएसम्म आफ्नो अस्पतालले कुनै पनि बंगलादेशी नागरिकको उपचार नगर्ने बताए । बंगलादेशका धेरै ठाउँमा भारतीय तिरंगाको अपमान भइरहेको भन्दै उनले यो निर्णय गरेको पत्रकारहरुलाई बताए । प्रख्यात स्त्री रोग विशेषज्ञ इन्द्रनिल साहले आफ्नो फेसबुकमा लेखेका छन्, “मैले आफ्नो चेम्बरमा बंगलादेशका बिरामीहरू हेर्न बन्द गरेको छु। पहिले देश, त्यसपछि कमाइ।”

हालै इस्कॉनसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई पक्राउ गरेपछि बंगलादेशमा हिंसा भड्किएको थियो । यसपछि भारतले बंगलादेशको अन्तरिम सरकारले त्यहाँका अल्पसंख्यकहरूको सुरक्षाको जिम्मेवारी पूरा गर्नुपर्ने बताएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...