बालकृष्ण घिमिरे , बनेपा काभ्रे – जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त स्वतन्त्र ( बालेन ) , रवि र दुर्गाहरुबाट तर्सिएर उनीहरुको उछित्व काट्नेलाई नै पो जागरण सभा भनिएको रहिछ । जस्ले जे सुकै भन, उल्लेखित पार्टी र व्यक्तिहरु माथी खनिनु भनेको एमाले सक्किनु हो । त्यो सक्ने काम हिजो एमाले र जनताबाट हिरो भएका ओलीबाटै हुँदै छ । हिजो काङ्ग्रेसले रविका विरुद्ध संसदमा बिष बमन गरिरहदा रबिलाई गर्ल्याम अंगालो हाल्ने ओली आज किन रविसंग राजनैतिक प्रतिशोध साध्दै छन ? हिजो दुर्गा प्रसाईलाई एमालेमा भित्राएर ठूलो उपलब्धि हासिल गरे भन्ने ओली आज किन दुर्गा प्रसाईं देखि टाउको दुखाउदै छन ? जनता र अझै भन्नू पर्दा एमालेमा आस्थावान स्वस्छ छवि भएका ब्यक्तिहरु हिजोको जस्तो जे भन्दा , बोल्दा र गर्दा पत्याउने खालका छैनन् आज । बालेन , रवि र दुर्गाहरुको पछि कुद्नु पर्ने हैसियत थिएन ओलीको ।
भारतीय नाकावन्दीका विरुद्ध डटेर खटेका ओलीलाई राष्ट्रपिता भन्ने तिनै जनता हुन , जो आज ओलीका बिरुद्ध खनिएका छन । आजका युवाहरु भाषण हैन काम भएको देख्न र सुन्न चाहान्छन् । केही आफ्ना अन्धभक्तहरुलाई सोशल मिडियाहरुमा अराजकरुपमा प्रस्तुत हुन निर्देशन दिनु ओलीको अर्को असफलता हो । बामदेव र माकुनेहरुले पार्टी बिभाजन गर्दा समेत कतै नडगमगाएका तल्लो तहका धेरै युवाहरु एमालेबाट बाहिरिएका छन । हुन त आजको एमालेलाई मीन बहादुर , बिजुलीवाला व्यवसायीहरु र अझै भन्नुपर्दा राज्य दोहन गर्ने हैसियतका ठुला घरानियाहरुको साथ भए पुग्ने भएकोछ र त्यो सिसाको घर आउदो उप-निर्वाचनमै भत्किदै छ । चौरासी सालसम्म माकुनेको हैसियत बराबरको पो हुने हो कि एमाले ? चिन्ता छ ।
एमाले खस्किदै जादा सबैभन्दा बड्ता हड्डी भित्री रुपमा काङ्ग्रेसको हाँसेको छ । कुनै पनि देशी बिदेशी भनिएका शक्तिहरु लागेर पटक पटक एमाले पार्टी फुटाउन लाग्दा समेत जनताको साथ पाएको एमाले ठूलो शक्ति भैरहदा चिन्ता थियो त केवल काङ्ग्रेसलाई थियो र भित्री राजनैतिक रणनीति प्रयोग गरेर भ्रष्टाचारमा लिप्त भएकाहरुलाई परिचानल गरेर एमाले सिध्याउने खेल काङ्ग्रेसले बनायो र त्यो सफल उन्मुख हुँदै गएको छ ।
समग्रमा भन्नुपर्दा रातारात एमाले वा ओलीको नेतृत्वमा काङ्ग्रेस संगको गठबन्धन बनाएर सरकार बनाउने प्रस्ताव लिएर देउवा र आर्जु बालकोट जानु नै एमालेका लागि अभिशाप थियो ।
यथार्थ फरक होला तर प्रचण्डको नेतृत्व र रविको अगुवाइमा काङ्ग्रेस एमालेका ठुला भ्रष्टहरुका फाईल खोलिदै छन र आर्जु सहितका व्यक्तिहरु पक्राउ पर्दैथिए भन्ने कुरा नेपाली जनमानसले बुझेको छ । र त्यो रोक्ने मायुर खेलाडी झापाली केपि ओली नै हुन भन्दैछन जनता ।
पछिल्लो समयमा स्वयम् ओली यो वा त्यो नामवाला काण्डहरुका आरोप खेप्दैछन त्यो पनि हिजो ओलीले नै पार्टीमा छिराएको व्यक्ति जो आफुलाई ओलीको नाति भन्न रुचाउथ्यो । ओलीले आफ्नो श्रीसम्पती राज्यको नाममा गर्दिएको कुरा गरिरहदा पत्याउनेवाला छैनन् जनता । त्यसको वास्तबिकता पार्टी भित्र र बाहिरका भ्रष्टहरुलाई संरक्षण गर्नु नै हो ।
काठमाडौका मेयर बालेन शाहा ओली लगायतका पुराना दलहरुले बनाएका कानुनको ठेडीमा टेकेर कानुन कार्यान्वयन गर्दै छन । चाहे ति सडक अतिक्रमणका मुद्दा हुन , भुमाफियाहरुले गरेका सरकारी सम्पती हस्तक्षेप होस वा सत्ताको नेतृत्व गरेर सडकमा ताण्डव नाच देखाउँदा भएको क्षती वा फोहोरको विषयमा होस् , बालेन कानुन सम्मत तरिकाले अगाडि बढेका छन र त सिङ्गो सरकार र ओली पंक्ति लाग्दा समेत बालेन निडर छन । उनको साथमा कानुन र जनता छन , त्यसैले जनता भन्दै छन एमालेको जागरण सभालाई ओझेलमा पार्ने गरि एक लाख जरिवाना गर्ने बालेनको निर्देशनको जय होस । गजेडी , ट्यापे , र्यापर जे जे भने पनि केटो चाहिँ आँटिलो रहेछ है । यो हिम्मतलाई चाहिँ सलाम । अरुलाई कानुनको पाठ पढाएर नथाक्ने र आफुहरुले नै बनाएको कानुनलाई पाहिलै पिच्छे उलंघन गर्नेहरुलाई कानुनी रुपमै सवक सिकाउँदै छ त्यो उर्जावान केटोले ।
नोटः लेखक एमालेका संगठित सदस्य हुन र अहिले प्रायः निष्क्रिय छन् ।