Monday 25th May 2026

मानिसलार्इ सुटकेशमा राखेर मानव तस्करीको प्रयास


तितोपाटी – यूकेको डोभर बन्दरगाहमा एक जना भियतनामी किशोरलाई सुटकेशमा बन्द गरी मानवतस्करी गर्न खोजेको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

अन्दाजी १६ वर्षीय ती किशोरलाई जीवन सङ्कटमा पर्ने शारीरिक लक्षणहरू देखिएपछि अस्पताल लगिएको थियो।

बुधवार स्थानीय समयअनुसार रातिको साढे आठ बजे यूके बोर्डर फोर्सका अधिकारीहरूले फेला पारेका थिए।

सो घटनाका सम्बन्धमा पक्राउ परेका रुमेनियाका २० वर्षीय युवा आन्द्रेई इआन्कुलाई मानवतस्करीको प्रयास गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

फ्रान्सबाट यूके आइरहेका सवारीसाधनहरुलाई रोकेर खानतलास गर्ने क्रममा एउटा गाडीको डिक्कीमा रहेको बन्द सुटकेसमा ती भियतनामी किशोरलाई फेला पारिएको थियो।

केन्ट प्रहरीले तिनको अवस्थामा केही सुधार भएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...