Saturday 11th October 2025

तयारी पुरा भएको महिला टी २० खेल बंगलादेशले गुमायो


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ मा हुने महिला टी–२० विश्वकप अब बंगलादेशमा नहुने बताएको छ । यो यस वर्षको अक्टोबरमा संयुक्त अरब इमिरेट्समा हुनेछ। तर, यो बंगलादेश क्रिकेट कन्ट्रोल बोर्डले मात्र आयोजना गर्नेछ । आईसीसीले ट्विट गर्दै यो जानकारी दिएको हो ।

महिला टी–२० विश्वकपका खेल युएई दुबई र शारजाहमा दुई स्थानमा हुनेछन् । यी खेलहरू अक्टोबर ३ देखि अक्टोबर २० सम्म हुनेछन्। प्रतियोगितामा भारत र बंगलादेशसहित १० देशका टोलीको सहभागिता रहनेछ ।

आईसीसीका सीईओ ज्योफ एलार्डिसले एक विज्ञप्तिमा भनेका छन्, ‘बंगलादेशमा महिला टी–२० विश्वकप आयोजना गर्न नसक्नु लाजमर्दो कुरा हो । हामीलाई थाहा थियो बंगलादेश क्रिकेट बोर्डले यसलाई भव्य रूपमा आयोजना गर्ने थियो।

बंगलादेशमा आयोजना हुने भनिएको प्रतियोगिताको तयारी लगभग पूरा भएको छ । तर, गत जुलाईमा बंगलादेशमा आरक्षणसम्बन्धी सरकारको निर्णयको विरुद्धमा विद्यार्थी आन्दोलन सुरु भयो, जुन बिस्तारै हिंसात्मक प्रदर्शनमा परिणत भयो।

यसपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत आइन् । यसपछि देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता संयुक्त अरब इमिरेट्समा आयोजना गर्ने निर्णय भएको हो ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...