Wednesday 24th December 2025

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनमा मृत्यु हुनेको संख्या ३२


बंगलादेशमा आरक्षण विरोधी आन्दोलनको दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । यी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ३२ जनाको मृत्यु भएको बीबीसी बंगलाले पुष्टि गरेको छ ।

विद्यार्थी संगठनले शुक्रबार पनि पूर्ण बन्दको कार्यक्रम जारी राख्ने घोषणा गरेका छन् । बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा छुट्टाछुट्टै घटनामा २५ जनाभन्दा बढीको मृत्यु भएको छ । देशमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । शुक्रबारको पछिल्लो हिंसामा नरसिङदी जिल्ला कारागारको अवस्था पनि नियन्त्रणबाहिर गएको र कैदीबन्दी फरार भएका छन् । यहाँ एक हजार कैदी थुनिएका थिए । बिहीबार बीटीभी परिसरमा आगजनीको घटना र प्रदर्शनकारीले कब्जा गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले फेरि कब्जामा लिएका छन्।

मोहम्मदपुर र मिरपुरमा आरक्षण विरोधी प्रदर्शनकारी र सत्तारुढ दलका प्रदर्शनकारीहरूबीच झडप भएको खबर छ। मिरपुरमा एउटा भवनमा आगलागी भएको छ । ढाकाको जहांगीरनगर विश्वविद्यालय १७ जुलाईदेखि अनिश्चितकालका लागि बन्द गरिएको थियो तर शुक्रबार प्रदर्शनकारी विद्यार्थीहरूको ठूलो भीड बाहिर निस्केर केही हलका ताला तोडेको थियो ।
प्रदर्शनकारीले ढाकाको रामपुरा प्रहरी चौकी घेराउ गरेका छन् । यहाँ मोटरसाइकलमा आगजनी र प्रहरी भ्यानमा तोडफोड गरिएको छ ।

प्रशासनले अर्को आदेश नभएसम्मका लागि ढाका मेट्रो रेल बन्द गरेको छ । ढाकाको पल्टनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यसैबीच शेख हसिना सरकारका कानून मन्त्री अनिसुल हकले भने कि सरकार आरक्षण विरोधी कार्यकर्ताहरूसँग वार्ता सुरु गर्न पर्खिरहेको छ। भारतले बंगलादेशमा जारी विरोध प्रदर्शनलाई देशको आन्तरिक मामिला भएको भन्दै त्यहाँ बस्ने भारतीय नागरिकको सुरक्षा र अवस्थाको ख्याल राख्ने बताएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...