Saturday 15th August 2026

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनमा मृत्यु हुनेको संख्या ३२


बंगलादेशमा आरक्षण विरोधी आन्दोलनको दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । यी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ३२ जनाको मृत्यु भएको बीबीसी बंगलाले पुष्टि गरेको छ ।

विद्यार्थी संगठनले शुक्रबार पनि पूर्ण बन्दको कार्यक्रम जारी राख्ने घोषणा गरेका छन् । बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा छुट्टाछुट्टै घटनामा २५ जनाभन्दा बढीको मृत्यु भएको छ । देशमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । शुक्रबारको पछिल्लो हिंसामा नरसिङदी जिल्ला कारागारको अवस्था पनि नियन्त्रणबाहिर गएको र कैदीबन्दी फरार भएका छन् । यहाँ एक हजार कैदी थुनिएका थिए । बिहीबार बीटीभी परिसरमा आगजनीको घटना र प्रदर्शनकारीले कब्जा गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले फेरि कब्जामा लिएका छन्।

मोहम्मदपुर र मिरपुरमा आरक्षण विरोधी प्रदर्शनकारी र सत्तारुढ दलका प्रदर्शनकारीहरूबीच झडप भएको खबर छ। मिरपुरमा एउटा भवनमा आगलागी भएको छ । ढाकाको जहांगीरनगर विश्वविद्यालय १७ जुलाईदेखि अनिश्चितकालका लागि बन्द गरिएको थियो तर शुक्रबार प्रदर्शनकारी विद्यार्थीहरूको ठूलो भीड बाहिर निस्केर केही हलका ताला तोडेको थियो ।
प्रदर्शनकारीले ढाकाको रामपुरा प्रहरी चौकी घेराउ गरेका छन् । यहाँ मोटरसाइकलमा आगजनी र प्रहरी भ्यानमा तोडफोड गरिएको छ ।

प्रशासनले अर्को आदेश नभएसम्मका लागि ढाका मेट्रो रेल बन्द गरेको छ । ढाकाको पल्टनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यसैबीच शेख हसिना सरकारका कानून मन्त्री अनिसुल हकले भने कि सरकार आरक्षण विरोधी कार्यकर्ताहरूसँग वार्ता सुरु गर्न पर्खिरहेको छ। भारतले बंगलादेशमा जारी विरोध प्रदर्शनलाई देशको आन्तरिक मामिला भएको भन्दै त्यहाँ बस्ने भारतीय नागरिकको सुरक्षा र अवस्थाको ख्याल राख्ने बताएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...