Thursday 1st October 2026

कुवेतको एक श्रमिक क्याम्पमा आगलागी, ४३ आप्रवासी श्रमिकको मृत्यु


कुवेतको मङ्गाफ स्थित कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरूका अनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् । मंगाफ स्थित ब्लक ४ को २३ नं. सडकमा रहेको उक्त भवनमा विहानीपख कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले हताहत हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

६ तलाको भवनमा १९६ जना कामदार बस्दै आएको उक्त भवनमा आगलागी हुदा थुप्रै घाइते भएका छन् । आगलागी बिहान ४ः३० बजेतिर भएको हो । कतिपय मृतकको पहिचान बायोमेट्रिक फिंगरप्रिन्टिङ वा डीएनए फिंगर प्रिन्टिङ प्रयोग गरेर फरेन्सिक प्रमाणबाट गरिने बताइएको छ ।

धेरै जसो भारतीय नागरिक परेका छ्न। नेपाल लगायत अन्य देशका कामदार उक्त भवनमा के कति थिए? कति आगलागीमा परे भन्ने कुराको बिस्तृत विवरण आएको छैन।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...