Tuesday 14th July 2026

नेपालीको औसत आयु ७१.३ वर्ष पुग्यो


नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको हो। कार्यालयका अनुसार पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको ग्याप करिब ५ वर्षले फरकले बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरु बाँच्छन्। सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ।

सबैभन्दा कम महिलाहरुको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ। हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो।

यस्तै एकदेखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ। सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ। मधेस प्रदेशमा पनि बढी रहेको देखिएको छ।

नेपालको सन्दर्भमा प्रतिहजार ६.१ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ। छोरीहरुको मृत्यु कोही प्रदेशमा बढी देखिएको छ। बागमती प्रदेशमा बढी छ भने सुदूरपश्चिम र मधेस प्रदेशमा छोराहरुको मृत्यु बढी देखिन्छ।

फोटो साभारः हिमाल खबर


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

रिपोर्टहरूका अनुसार इरानबाट यात्रु बोकेको एक विमान यमनमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरिएको…

प्रतिकृयाहरू
...