Saturday 4th October 2025

नेपालीको औसत आयु ७१.३ वर्ष पुग्यो


नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको हो। कार्यालयका अनुसार पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको ग्याप करिब ५ वर्षले फरकले बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ।

कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरु बाँच्छन्। सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ।

सबैभन्दा कम महिलाहरुको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ। हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो।

यस्तै एकदेखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ। सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ। मधेस प्रदेशमा पनि बढी रहेको देखिएको छ।

नेपालको सन्दर्भमा प्रतिहजार ६.१ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ। छोरीहरुको मृत्यु कोही प्रदेशमा बढी देखिएको छ। बागमती प्रदेशमा बढी छ भने सुदूरपश्चिम र मधेस प्रदेशमा छोराहरुको मृत्यु बढी देखिन्छ।

फोटो साभारः हिमाल खबर


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

तितोपाटी- नेपाली क्रिकेटका चर्चित  सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट…

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका…

प्रतिकृयाहरू
...