Friday 22nd November 2024

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइदै


आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज बिहानैदेखि दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।


सम्बन्धित शीर्षकहरु

उत्कृष्ट मूल्य र गुणस्तरको पर्यायवाची नाम लुलु हाइपरमार्केटले कुवेतको आफ्नै 'ब्ल्याक फ्राइडे' उत्सवको रूपमा आफ्नो बहुप्रतीक्षित वार्षिक बिक्री 'सुपर फ्राइडे'…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ गालान्टलाई कथित "युद्ध अपराध" को लागि पक्राउ…

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम आदिवासी जिल्लामा यात्रुवाहक सवारी साधनमा गोली हानाहान भएको छ । यस गोलीबारीमा ३८ जनाको मृत्यु…

प्रतिकृयाहरू
...