Saturday 31st October 2026

मालपोत कार्यलय चितवनका कर्मचारी घुस लिँदालिँदै पक्राउ


तितोपाटी – घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात पक्राउ गरेको हो।

रत्ननगर ९ घर भएका धिताललाई अख्तियारको टोलीले २५ हजार नगदसहित पक्राउ गरेको हो। थोरै क्षेत्रफल भएको जग्गालाई नक्सामा धेरै बनाइदिने भन्दै उनले पैसा लिएका थिए। धितालले भरतपुर महानगर ९ स्थित थोरै जग्गालाई नक्सामा धेरै देखिने गरीपुर्जा बनाइदिने भन्दै पैसा लिएपछि रंगे हात पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडाका प्रहरी निरीक्षक महादेव पौडेलले भने, ‘नक्सामा जग्गा धेरै बनाउछु भन्दै पैसा लिदै गर्दा धिताललाई रंगेहात समातेका हौं, अब अनुसन्धान गर्छौँ।’

त्यस्तै धितालसँग मिलेको आरोपमा मालपोत कार्यालयका नायब सुब्बा मनोज निरौलालाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानपछि मचुल्का उठाएर उनीहरुलाई हेटौंडा लगिएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...