Thursday 27th August 2026

मालपोत कार्यलय चितवनका कर्मचारी घुस लिँदालिँदै पक्राउ


तितोपाटी – घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात पक्राउ गरेको हो।

रत्ननगर ९ घर भएका धिताललाई अख्तियारको टोलीले २५ हजार नगदसहित पक्राउ गरेको हो। थोरै क्षेत्रफल भएको जग्गालाई नक्सामा धेरै बनाइदिने भन्दै उनले पैसा लिएका थिए। धितालले भरतपुर महानगर ९ स्थित थोरै जग्गालाई नक्सामा धेरै देखिने गरीपुर्जा बनाइदिने भन्दै पैसा लिएपछि रंगे हात पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडाका प्रहरी निरीक्षक महादेव पौडेलले भने, ‘नक्सामा जग्गा धेरै बनाउछु भन्दै पैसा लिदै गर्दा धिताललाई रंगेहात समातेका हौं, अब अनुसन्धान गर्छौँ।’

त्यस्तै धितालसँग मिलेको आरोपमा मालपोत कार्यालयका नायब सुब्बा मनोज निरौलालाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानपछि मचुल्का उठाएर उनीहरुलाई हेटौंडा लगिएको छ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...