Wednesday 11th March 2026

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

संबैधानिक ब्यबस्था अनुसार चैत्र २२ गतेभित्र विश्वासको मत लिनुपर्ने भएपनि उनले १९ गते नै विश्वासको मत लिने तयारी गरेका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज तेस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका नियुक्त भएका जम्कट्टेलले त्यतिबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए। गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ। बागमतीमा पटक पटक गठबन्धन फेरिएपनि जम्कट्टेलले मुख्यमन्त्रीको पद भने छोड्नुपरेको छैन।

यसैबीच बागमतीमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथा स्थितीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ। आइतबार अपरान्ह बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो।

बागमती प्रदेशमा ७ सिट रहेको एकीकृत समाजवादी आफ्नो निर्णयमा अडिग रह्यो भने मुख्यन्त्रीको विश्वासको मत सम्बन्धि प्रस्ताव पास नहुने देखिएको छ। निर्णय बलिएको खण्डमा भने मुख्यमन्त्रीले बहुमत पाउने अवस्था रहन्छ।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ। बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ। राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

प्रतिकृयाहरू
...