Monday 5th October 2026

गिरिश खतिवडाको शब्द एवम् संगीतमा सोना अमात्यकाे ‘आइ एम द सुपरस्टार` सार्वजनिक (भिडियो)


गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको छ भने खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् । भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेको उक्त भिडियो नेपाली दर्शकको लागि खास बन्न सक्छ। निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गितको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ ।

फुल सर्कलको प्रस्तुति रहेको यस गितको भिडियोमा इश्वर बल्लभ उप्रेतीको निर्माण संयोजन, प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी रहेको यस गितमा गायिका सोना अमात्य, चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको बुलेट फ्लोको अभिनय देख्न सक्छौ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले दर्शक श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् । गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...