Saturday 14th June 2025

गिरिश खतिवडाको शब्द एवम् संगीतमा सोना अमात्यकाे ‘आइ एम द सुपरस्टार` सार्वजनिक (भिडियो)


गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको छ भने खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् । भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेको उक्त भिडियो नेपाली दर्शकको लागि खास बन्न सक्छ। निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गितको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ ।

फुल सर्कलको प्रस्तुति रहेको यस गितको भिडियोमा इश्वर बल्लभ उप्रेतीको निर्माण संयोजन, प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी रहेको यस गितमा गायिका सोना अमात्य, चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको बुलेट फ्लोको अभिनय देख्न सक्छौ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले दर्शक श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् । गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।


सम्बन्धित शीर्षकहरु

शुक्रबार बिहान दर्जनौं सैन्य लक्ष्य र इरानी आणविक स्थलहरूमा आक्रमणको प्रारम्भिक लहरमा दर्जनौं इजरायली विमानहरूले भाग लिए। इजरायलमा सम्भावित इरानी…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

अहमदाबाद विमान दुर्घटना: गृहमन्त्री अमित शाहले भने, "यात्रुका आफन्तको डीएनए नमूना लिइएको छ" गुजरातमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि गृहमन्त्री…

प्रतिकृयाहरू
...