Monday 19th May 2025

“हात्तीछाप” चलचित्र कुवेतमा फेब्रुअरी १५ देखि प्रदर्शन हुने


नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदशन हुन लागि रहेको छ। कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ ।

कुवेत साथै मध्यपूर्वका आन्य देश कतार, बारहइना, युएई र मलेसियामा पनि फेब्रुअरी १५ मा चलचित्र प्रदशन हुने छ। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको उक्त फिल्ममा दयाहाङ राई, उपासनासिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेकोछ ।

प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।“हात्तीछाप” चलचित्रको मध्य पुर्व बितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।


सम्बन्धित शीर्षकहरु

गीतकार तथा पटकथा लेखक जावेद अख्तर भन्छन् कि यदि उनलाई कहिल्यै नर्क र पाकिस्तान मध्ये एक रोज्नु पर्यो भने उनी…

गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ। यी वार्ताहरू पछि, हमासले नयाँ युद्धविराम सम्झौताको एक…

तेहरान, इरान - अमेरिकी राष्ट्रपतिले मध्यपूर्वको आफ्नो पहिलो प्रमुख भ्रमणको क्रममा आफ्नो अभिव्यक्तिलाई तिखारेपछि इरानका राजनीतिक तथा सैन्य नेताहरूले डोनाल्ड…

प्रतिकृयाहरू
...