Sunday 16th August 2026

“हात्तीछाप” चलचित्र कुवेतमा फेब्रुअरी १५ देखि प्रदर्शन हुने


नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदशन हुन लागि रहेको छ। कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ ।

कुवेत साथै मध्यपूर्वका आन्य देश कतार, बारहइना, युएई र मलेसियामा पनि फेब्रुअरी १५ मा चलचित्र प्रदशन हुने छ। किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको उक्त फिल्ममा दयाहाङ राई, उपासनासिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेकोछ ।

प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।“हात्तीछाप” चलचित्रको मध्य पुर्व बितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको संस्थापनइतर समुहको राष्ट्रिय सम्मेलनले १५औँ महाधिवेशन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व र सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।…

इरानले अमेरिका–इरान युद्धको सुरुआती चरणमा खसालिएका दुई लडाकु विमानका तीन पाइलटलाई कतारले नियन्त्रणमा राखेको दाबी गर्दै उनीहरूको रिहाइको माग गरेको…

इन्डोनेसियाको पूर्वी नुसा तेन्गारा प्रान्तस्थित फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या ५१ पुगेको छ भने हजारौं विस्थापित…

प्रतिकृयाहरू
...