Friday 4th September 2026

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाइ १० वर्षको जेल सजाय


पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै १० वर्षको कठोर कारागार सजाय सुनाएको छ । खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गरिएको हो ।

सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित छन् । उनीविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् । तैपनि पूर्वक्रिकेट स्टार आफ्नो तल्लो तहमाथि पकड र सत्ताविरोधी वयानबाजीका कारण शक्तिशाली राजनीतिक शक्ति बनेका छन् ।

गत वर्ष खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन भए पनि अधिकारीहरूले त्यतिबेलादेखि इस्लामवादी राजनीतिज्ञका समर्थक र पार्टीमाथि करवाही गरेका छन् । यसबाट उनीहरू नयाँ ऱ्यालीहरू आयोजना गर्न सावधान भएका छन् ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ(पीटीआई) ले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...