Monday 12th January 2026

गजल


गजल
लेख्दा,लेख्दै नसक्की,मसी परदेशी भएको हुँ ।
दारी,जुँघाको रेखिनै,नबसी परदेशी भएको हुँ ।।

`बा´ ले हल गोरु,गैरी खेत बेच्दा`नी नपुगेपछी,
बेचेर खोरको बाख्रा, खसी परदेशी भएको हुँ ।।

संगैका साथी कलेज जाँदै थिए किताब बोकेर
छोडी स्याम,हरि,सिमा,शशी परदेशी भएको हुँ ।।

रुदै थिइन् चिच्याइ,चिच्याइ अन्तिम सम्म प्रिया,
आँसु पुछ्दै अंगालोमा, कसि परदेशी भएको हुँ ।।

रक्षा बन्दनमा बाँधी दिएको मेरि प्यारि दिदिले,
सम्हालेर हातको डोरि/,रसि परदेशी भएको हुँ ।।

विवेक बाँस्कोटा `प्रीतम ´


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...