Tuesday 30th June 2026

गजल


गजल
लेख्दा,लेख्दै नसक्की,मसी परदेशी भएको हुँ ।
दारी,जुँघाको रेखिनै,नबसी परदेशी भएको हुँ ।।

`बा´ ले हल गोरु,गैरी खेत बेच्दा`नी नपुगेपछी,
बेचेर खोरको बाख्रा, खसी परदेशी भएको हुँ ।।

संगैका साथी कलेज जाँदै थिए किताब बोकेर
छोडी स्याम,हरि,सिमा,शशी परदेशी भएको हुँ ।।

रुदै थिइन् चिच्याइ,चिच्याइ अन्तिम सम्म प्रिया,
आँसु पुछ्दै अंगालोमा, कसि परदेशी भएको हुँ ।।

रक्षा बन्दनमा बाँधी दिएको मेरि प्यारि दिदिले,
सम्हालेर हातको डोरि/,रसि परदेशी भएको हुँ ।।

विवेक बाँस्कोटा `प्रीतम ´


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...