Sunday 28th December 2025

कविता:सुन्यता -नारायण कोइराला


म आफै हराएँको छु
हराउनुमा आफ्नै बाध्यता होला
हराउन हाल्नेहरुको दोष छैन
उनीहरूको पनि आफ्नै सम्झौता होला
म नबेचिएर पनि बेचिएको छु
कसैले बेचेको होइन
आफ्नो बाध्यतामा पिसिएको छु
बेचिने तरिका अनेक होला
मूल्य पनि समय र बाध्यता
हेरी तोकिदोरहेछ
जब कर्म फुट्छ बेचिनेको
मन र मस्तिक सुन्य हुँदोरहेछ
टलपलाई रहेका आँखाका डिलहरुले
आँसुलाई तन्नक पिउनु पर्दोरहेछ
आत्माले मागेको भोकलाई तन्नक पानीसंग
पिएर कर्मथलोमा कर्मगर्नु पर्नेरहेछ
भएरपनि सबथोक अन्जानको बाटो रोज्दा
कटक्क मन काटिदोरहेछ
आफ्ना खुसीहरु सबै पिएर
अरूको लागि बाँच्ने दिन पनि
कैयन पल्ट जिन्दगीमा आउँदोरहेछ।।

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...