Monday 27th July 2026

कविता:सुन्यता -नारायण कोइराला


म आफै हराएँको छु
हराउनुमा आफ्नै बाध्यता होला
हराउन हाल्नेहरुको दोष छैन
उनीहरूको पनि आफ्नै सम्झौता होला
म नबेचिएर पनि बेचिएको छु
कसैले बेचेको होइन
आफ्नो बाध्यतामा पिसिएको छु
बेचिने तरिका अनेक होला
मूल्य पनि समय र बाध्यता
हेरी तोकिदोरहेछ
जब कर्म फुट्छ बेचिनेको
मन र मस्तिक सुन्य हुँदोरहेछ
टलपलाई रहेका आँखाका डिलहरुले
आँसुलाई तन्नक पिउनु पर्दोरहेछ
आत्माले मागेको भोकलाई तन्नक पानीसंग
पिएर कर्मथलोमा कर्मगर्नु पर्नेरहेछ
भएरपनि सबथोक अन्जानको बाटो रोज्दा
कटक्क मन काटिदोरहेछ
आफ्ना खुसीहरु सबै पिएर
अरूको लागि बाँच्ने दिन पनि
कैयन पल्ट जिन्दगीमा आउँदोरहेछ।।

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...