Tuesday 13th January 2026

कुवेतमा संकलन गरिएको आर्थिक सहयोग भुकम्पपीडितलाई हस्तान्तरण


तितोपाटी – गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ ।
संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको वडा नम्बर १ को चित्रे ,कल्लपट र पाली टोलका भौतिक क्षति भएका अत्यन्तै निम्न परिवारका ६६ घरधुरी र नगरपालिका भरिका ३८ मानवीय क्षति पुगेका घरधुरीलाई राहात वितरण गरिएको हो । एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाको नेतृत्वमा कुवेत र ईराकका एनआरएनए प्रतिनिधिहरु आर्थिक सहयोग लिएर जाजरकोट पुगेका थिए।
नलगाड नगरपालिकाको सभाहलमा प्रमुख अथिति कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसि र विशेष अथिति नलगाड नगरपालिकाक प्रमुख डम्बर बहादुर राउतले राहत वितरण कार्यक्रमको उद्घाटन गरेका थिए भने सोही दिन बेलुकी ५ बजे वडा नम्बर १ का पिडितहरुलाई राहत वितरण गर्दे कार्यक्रम समापन गरिएको थियो । राहतका लागि आर्थिक संकलन अभियानमा जोडिएर अभियान सफल बनाउन सहयोग गर्ने ब्याक्ति विशेष संघ सस्था सबैलाई अध्यक्ष रण ध्वज लामाले धन्यवाद व्यक्त गरेकाछ्न।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...