Friday 15th May 2026

कुवेतमा संकलन गरिएको आर्थिक सहयोग भुकम्पपीडितलाई हस्तान्तरण


तितोपाटी – गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भुकम्प पीडितका लागि कुवेतमा विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग एनआरएनए कुवेत र इराकको टोलि जाजरकोट पुगि हस्तान्तरण गरेको छ ।
संकलित राहत रकम भुकम्प प्रभावित जाजरकोट जिल्ला नलगाड नगरपालिकाको वडा नम्बर १ को चित्रे ,कल्लपट र पाली टोलका भौतिक क्षति भएका अत्यन्तै निम्न परिवारका ६६ घरधुरी र नगरपालिका भरिका ३८ मानवीय क्षति पुगेका घरधुरीलाई राहात वितरण गरिएको हो । एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाको नेतृत्वमा कुवेत र ईराकका एनआरएनए प्रतिनिधिहरु आर्थिक सहयोग लिएर जाजरकोट पुगेका थिए।
नलगाड नगरपालिकाको सभाहलमा प्रमुख अथिति कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसि र विशेष अथिति नलगाड नगरपालिकाक प्रमुख डम्बर बहादुर राउतले राहत वितरण कार्यक्रमको उद्घाटन गरेका थिए भने सोही दिन बेलुकी ५ बजे वडा नम्बर १ का पिडितहरुलाई राहत वितरण गर्दे कार्यक्रम समापन गरिएको थियो । राहतका लागि आर्थिक संकलन अभियानमा जोडिएर अभियान सफल बनाउन सहयोग गर्ने ब्याक्ति विशेष संघ सस्था सबैलाई अध्यक्ष रण ध्वज लामाले धन्यवाद व्यक्त गरेकाछ्न।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...