Sunday 13th September 2026

गजल


गजल

माधव पाैडेल ‘असल यात्री’

अाफन्त,नातागोता ,इस्टमित्र घिचाएर बस ।
सिमा साँध छिमेकीलाई मिचाएर बस ।।

गोष्ठी गर ,सेमिनार गर होटल पाँच तारेमा
भाइरल हुने तस्वीर मात्रै खिचाएर बस ।।

मुल्यबृद्धि,करबृद्धि संधै बृद्धि मात्रै गर
निमुखा जनताको घाँटी थिचाएर बस ।।

सडक छैन फुटपाथ छैन भित्र्याउ साधन
टिप्पर बस र ट्रकले यात्री किचाएर बस ।।

सर्वहारा होइनौ तिमी बिलासितामा जिउनु
सडक र सदनभित्र नाङ्गो नाच नचाएर बस ।।

बोल्नु पर्छ पाको बेला अाए जति बोल्नु
केही गर्न नसके पनि लाज पचाएर बस ।।


सम्बन्धित शीर्षकहरु

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना…

प्रतिकृयाहरू
...