Sunday 27th July 2025

गजल


गजल

माधव पाैडेल ‘असल यात्री’

अाफन्त,नातागोता ,इस्टमित्र घिचाएर बस ।
सिमा साँध छिमेकीलाई मिचाएर बस ।।

गोष्ठी गर ,सेमिनार गर होटल पाँच तारेमा
भाइरल हुने तस्वीर मात्रै खिचाएर बस ।।

मुल्यबृद्धि,करबृद्धि संधै बृद्धि मात्रै गर
निमुखा जनताको घाँटी थिचाएर बस ।।

सडक छैन फुटपाथ छैन भित्र्याउ साधन
टिप्पर बस र ट्रकले यात्री किचाएर बस ।।

सर्वहारा होइनौ तिमी बिलासितामा जिउनु
सडक र सदनभित्र नाङ्गो नाच नचाएर बस ।।

बोल्नु पर्छ पाको बेला अाए जति बोल्नु
केही गर्न नसके पनि लाज पचाएर बस ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...