Monday 30th March 2026

कुवेतबाट व्हील चेयरमै नितेशलाई नेपाल फर्काईयो


बसन्त थापा- काम गर्ने क्रममा दुर्घटनामा परि दुईटै खुट्टा नचल्ने भएका सर्लाही हरीवन नगरपालिका ४ सासापुर निवासी नितेश कुमार झालाई कुवेतबाट नेपाली राजदूतावास कुवेतको पहल र जिफण्ट सपोर्ट ग्रुप  तथा अन्य सहयोगी मनहरूको सहयोगबाट २७ अगस्ट २०१८ का दिन व्हिल चेयर मै नेपाल फर्काईएको छ।

पिडित नितेशलाई जिफण्ट सपोर्ट कुवेतका सदस्य तथा अन्य नेपाली द्वारा संकलन भएको रकम ने रु. ५५ हजार आर्थिक सहयोग गरेको संचारकर्मी केदारनाथ खरेलले बताएका छन।

एक वर्षअघि रोजगारीको शिलशिलामा एजेण्ट मार्फत जी सी सी. कम्पनीमा कुवेत आएका अन्दाजी २५ वर्षका नितेश उक्त कम्पनीमा तीन महिना मात्र काम गरेका र तीन महिना पछी अबैधानिक रूपमा बाहिर काम गर्दै आएका थिए।

घर निर्माणको काम गर्दै गर्दा स्काफफोल्डरबाट लडेका नितेशको टाउकोमा सामान्य चोट लागेको भएता पनि कम्मर भन्दा तलको भाग भने भाँच्चिएको थियो ।

जिफण्ट सपोर्ट ग्रुपको अग्रसरता, अन्य केही सहयोगी हातहरु र नेपाली दूतावास कुवेतको ठूलो सहयोग पछि पीडित नितेशको उद्धार भएको हो।

नेपाली दूतावास कुवेतका सहचारी मनोज कुमार सिंहका अनुसार पीडित नितेशलाई कम्पनीले अाैषधोपचार खर्चको लागी भनी २ हजार २ सय कुवेती दिनार दिएको र नेपाल सम्म जानको लागी सोही रकम बाट पीडित र पीडित संगै नेपाल जाने सहयोगी साथी गुलाम नवी मन्सुरलाई मेडीयम क्लासको टिकटको व्यवस्था गरिएको र बाँकी १ हजार ५५९ कुवेती दिनार पीडितलाई बुझाईएको दूतावासका सहचारी सिंहले तितोपाटी डट कम लाई जानकारी दिएका छन।

पीडितलाई उद्धार गर्नका लागी सहचारी मनोजले अहोरात्र खटी अाफु र नेपाली दूतावासले गर्नु पर्ने सम्पूर्ण सहयोग गरेको र पीडितलाई कठिन वातावरणका बावजूद पनि सहज तरीकाले नेपाल पठाउन पाउदा आफु निकै खुसी रहेको बताए।

सहयोगकै क्रममा पीडितलाई लुम्बिनी सेवा समाज कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले आफ्नो तर्फबाट व्हील चेयर सहयोग स्वरुप प्रदान गरेका थिए भने घटना पछी पनि करीब २३ दिन सम्म कोमामा रहेका नितेशको नेपाल फिर्तीका लागी नेपाली दूतावास कुवेतको मुख्य भुमिका संग संगै जिफण्ट सपोर्ट ग्रुप कुवेतको सहयोगमा पीडितको उद्धार गरिएको थियो।

पीडितलाई नेपालसम्म छोड्नको लागी ग़ुलाम नवी मन्सुर गएका छन भने उनलार्इ नेपाल जाने एक तर्फी टिकटको व्यवस्था पीडित पक्षले गरेको र आऊने टिकटको व्यवस्था जिफण्ट सपोर्ट  ग्रुप कुवेतले गरेको छ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...