Monday 12th January 2026

गजल


गजल
भेटिन्नन् एउटै चाहना यो भिड शहरमा
पाइन्न आत्मिय भावना यो भिड शहरमा ।।

साथी,भाइ ,इष्टमित्र देखावटी मात्रै सबै
गर्दैन कसैले कामना यो भिड शहरमा ।।

हराइरहेछ सबैमा मानवता दिनानुदिन
हुन्न कसैमा संवेदना यो भिड शहरमा ।।

जता हेर्यो जे मा पनि मिसावट मात्रै हुने
छैन केही मा शुद्धपना यो भिड शहरमा ।।

नयाँ भेट,नयाँ परिचय अनि आनिबानी
हुदैन कसैको सम्झना यो भिड शहरमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...