Sunday 30th August 2026

भूकम्पको कथा बोकेर ‘ब्ल्याक इयर’ अाउँदै


तितोपाटी – भूकम्पको कथा अाधारित रहेर नेपाली चलचित्र ‘ब्ल्याक इयर’ बनाइने भएको छ ।

२०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिको कथामा ‘ब्ल्याक इयर’ फिल्मको घोषणा गरिएको छ।

गत हप्ता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो ।

फिल्मलाई लक्षु गौतमले निर्देशन गर्दैछिन् । योगेन्द्र पनेरुले निर्माण रहेको फिल्म भाद्र १० बाट फ्लोरमा जाँदैछ ।

फिल्मको छायांकन काडमाडौं र ललितपुरमा गरिनेछ ।

फोकस आउट मिडिया प्रा. लि.को ब्यानरमा निर्माण हुने सिनेमाको रिलिज डेट २०७६ सालको बैशाख १२ लाई तय गरिएको छ ।

फिल्ममा सुरेन्द्र बुढाथोकी र रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।


सम्बन्धित शीर्षकहरु

चीनको स्वसाशित क्षेत्र तिब्बतबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको छ।…

अमेरिकाले नेपालमा भएको विनाशकारी बाढीपछि ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

कुवेतको सल्मी क्षेत्रमा रहेको एक पशुशालामा साउदी नागरिकको हत्या तथा त्यसपछि आगजनी गरेको आरोपमा एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।…

प्रतिकृयाहरू
...