Saturday 20th June 2026

बंगलादेशमा डेंगीका कारण १८५ जनाको मृत्यु


एजेन्सी – बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ । देशमा भारी मनसुन वर्षाले व्यापक रूपमा संक्रमण र अस्पतालहरू भरिंदा बंगलादेश घातक डेंगु प्रकोपसँग जुधिरहेको छ।

महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महिना ५ हजार ९ सय ५६ जनामा डेंगीको संक्रमण देखिएको थियो । जुलाईको हालसम्म थप २७ हजार २ सय ९२ जनामा डेंगी देखिएको छ । यो अवधिमा ढाकामा १ हजार २ सय ३८ सहित दुई हजार २ सय ९३ जना नयाँ डेंगीका बिरामी फेला परेको बंगलादेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेंगीका बिरामी घर फर्केका छन् ।

बंगलादेशमा डेंगीले महामारीकै रूप लिएपनि सरकारले आधिकारिक रूपमा महामारी घोषणा गरेको छैन । यसैबीच स्वास्थ्यविद्हरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् ।

अधिकारीहरूले भने कि यस वर्ष डेंगी रोगबाट मृत्यु दर ०.५३ प्रतिशत पुगेकत्र छ जुन गत वर्षको ०.४५ प्रतिशतको तुलनामा धेरै नै बढि हो । गतवर्ष बंगलादेशमा डेंगुबाट रेकर्ड २८१ जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...