म बिपी बन्न चाहन्छु
भन्ने उमेर ढल्की सक्यो
म बिपीको सिदान्त अगाल्छु भन्छु
झन बढी ठक्कर खान्छु
एउटा लैनो गाई खोज्छु
कतै भेटाउँदिन
लैनो गाई त
वडा,नगर,पालिकामा पसेछ
वडा,नगर लोकल गाई भएछ
जर्सी र दूधालु गाई खोज्न त
संघीय राजधानी र केन्द्रतिर जानुपर्ने भएछ
के म ती ठाउँमा जान सक्छु त ?
म सोच्छु बीपीलाई
उत्तर नै आउँदैन
आओस् कसरी
दाह्री कपाल सेतै फुलेको
प्रजातान्त्रिक लैनो गाई म
चाहेरपनि गरीब जनतालाई दुध बाँड्न सकिनँ
त्यसैले चुप बस्न ठीक मान्दछु म।
नारायण कोइराला