Sunday 19th May 2024

सत्य कथाः धनको पछि कुँदेको संसार


रोजिना ढुंगाना – माइली म सानै छ्दा देखि नै विदेश बस्नु हुन्थ्यो । साच्चै भन्नू पर्दा उनैलाइ हेरेर हाम्रो गाउँबाट धेरै दिदिबैनी विदेसिए । वहाँलाई सबैले माइली भन्थे उमेर मै श्रीमान बितेपछी घर परिवार धान्नलाई विदेसिनु परेको पीडा छर्लङ्ग थियो।

बाटुलो अनुहार खदिलो ज्यान निकै राम्री हुनु हुन्थ्यो । घर आएको बेलामा माइली हाम्रै घरको बाटो हुँदै बजार झर्नु हुन्थ्यो । वहाँहाले विदेशबाट ल्याएको अतर होला -बाटो भरी मग -मग हुन्थ्यो । म त्यो बासनामा कति लालहित हुन्थे । माइली हाम्रै गाउकी दिदी भएर वहाँको बारेमा थाहा नहुने त कुरै भएन । माइली सबैकी हाइ हाइ नै थिइन । माइलीको परिवार निम्न बर्गमा पर्थ्यो । सानैमा बिहे गरेर आएकी अनि अकाल मै श्रीमान गुमाएकी उनी दुइ सन्तानकी आमा थिइन । घरको रेखदेख गर्न आफ्ना माइतीलाई लगाएर आफू बाध्यताबस विदेशिनु परेको काहानी सुनेकी थिए ।

विदेश गएको पहिलो महिनादेखि नै खुरु खुरु पैसा पठाउन थाल्नु भएको रे । विदेशमा पनि माइलीलाई राम्रै भएछ। माइलीले आफुले रात दिन गरेर कमाएको पैसा सुरु सुरुमा बाबाको नाममा पठाउथिन र पछि पछि बुबाले हिन्न नसक्ने निकाल्न जान गाह्रो हुने भएपछी भाइको नाममा पठाउन थाल्नु भएछ । छोरा छोरी पनि बुझ्ने नै थिए । छोरा र छोरीलाई राम्रो र महँगो स्कुलमा पढाइन । कोहि र केहीमा कम राखिनन तर अझै आफू बस्ने घर भने बनाउन सकेकी रहिनछिन । छोरा छोरी, भाइ बैनी र आफ्नाको ख्याल् गर्दा गर्दै पैसा सकिन्थ्यो रे तर जेनतेन गरेर एउटा टुक्रो जग्गा भने छोरालाई किन्न लगाएको छ रे ।

आज माइलीको उमेर ढ्ल्दै गएको छ। विदेशबाट पनि दुबै खुट्टामा समस्या देखिएर माइली नेपाल फर्केकी रहिछिन । माइलीले छोरीलाइ किनिदिएको स्कुटर माइलीले चलाउन खोज्दा उनकी छोरीले मन दुख्ने वचन लाउछिन रे । गाउँ छिमेकीसँग त संगतै छैन उनको । उमेर भरी विदेश मै बसेपछी छरछिमेकीमा पनि नजिक हुने कोही भएन । भाइ बुहारी बोल्दै बोल्दैनन अब बिरामी परेको र कमाउन नसक्ने थाहा पाएर होला । बुबा आमा बुढा बुढी हुनु भयो जस्को होस पनि राम्ररी आउदैन थियो। छोरा छोरीहरु धेरै जान्ने भएछ्न अब माइलीसँग झगडामात्रै गर्दा रहेछ्न । छोराले बिहे गरेर सहर तिर गएछ । उस्को नाममा माइलीले नै पैसा दिएर किन्न लगाएको जग्गा समेत बेचेर खाएछ्न । २० वर्ष विदेशमा खुन पसिना र मेहेनत सबै आफन्त, छोरा छोरी आमा बाबा भन्दा भन्दै गएछ। आज न आफन्त छ्न न त धन सम्पती ।

माइलीको खदिलो शरीर अहिले फितलो भैसकेको छ। कैयौं रोग लागेर बिछ्यौनामा परेकी छिन । एक गिलास पानी दिने कोही छैन। काल पनि भन्ने बित्तिकै कहाँ आउँछ र । प्रेसर र सुगरले जिउ भत भती पोल्छ रे । भएका गर गहना पनि उपचार मै सकियो रे । छोरा छोरीले छि छि र दुर दुर गर्छ्न । आज उनी एक्लि छिन उमेरमा बिहे गरेको भए श्रीमानले साथ दिन्थ्यो कि भन्ने पछुतो भएको सुनाउनु हुन्छ। अहिले माइलीको बिजोक हामी सबै गाउँलेहरुले देख्छौ। म कहिले काहीँ माइलीको घरमा पुग्छु अनि विदेश का कथा सुनाउनु हुन्छ । १४ घण्टा उभिएर काम गरेको, २ घन्टा मात्रै सुतेर काम गरेको अनि काम गर्दै गर्दा उङन लाग्दा विदेशीको धेरै गाली खाएर रोएको । म वहाँका कुरा सुनेर भित्र भित्रै भक्कानिन्छु तर वहाँलाइ देखाउँदिन ।

आज भोलि माइलीको बिदुवा भत्ता आउँछ रे त्यसैले खादै हुनु हुन्छ रे । आखिर जिन्दगी के रैछ त ? यो माइलीको मात्रै नभएर माइली जस्ता कैयो नारीहरुले भोगेको यथार्थ घटना हो । भरखरै खमाउन आउनु भएको छ भने तपाईं नयाँ हुनु हुन्छ। बेलैमा आफ्नो लागि जोगाएर राख्नु होला। माइलीको त बिधुवा भत्ता आयो तपाइको त वृद्धि भत्ता पो कुर्नु पर्ने हो कि?? माइलीको कथाबाट हामी सबैले पाठ सिकौ ।

-झापा
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...