Wednesday 22nd April 2026

नेपाल आदिवासी जनजाती महासंघ, कुवेतले २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन आगामी १८ अगष्टमा आयोजना गर्ने


नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ ।

विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनीहरुको हक हितको संरक्षण गर्न गराउन हरेक वर्ष ‘९ अगष्ट’ का दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ । यसै मेसोमा कुवेतमा रहेका जनजातीहरु र कृयाशिल जातीय संस्थाहरुको छाता संस्थाका रुपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले ‘विश्व आदिवासी दिवस’ तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो ।

अधिवेशन प्रयोजनको लागि महासंघले आफ्नो गृहकार्य शुरु गर्दै बिभिन्न कार्यबिभाजन समेत गरेको छ भने कार्यक्रमको लागि हलको तय नभइसकेपनि अन्य तयारीहरू अगाडि बढिसकेको महासंघ, कुवेत शाखाले जनाएको छ ।

कुवेतमा कृयाशिल जातिय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आबद्ध सस्थाहरु यस प्रकार रहेको छ ।

१) तमू समाज, कुबेत
२) नेपाल तामाङ घेदुङ, कुवेत
३) नेपाल मगर संघ, कुबेत
४) किरात राई यायोक्खा, कुबेत
५) किरात याक्थुङ चुम्लुङ, कुबेत
६) तमू प्ये ल्हु संघ शाखा, कुवेत
७) सुनुवार सेवा समाज, कुबेत
८) नेवा:गूठी, कुवेत

कार्यक्रम सम्वन्धी थप जानकारी;
कार्यक्रम: चौथो ऐतिहासिक अधिवेशन तथा २९औ विश्व आदिवासी दिवस
मिति: अगस्ट १८ तारिक २०२३ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...