Sunday 14th September 2025

नेपाल आदिवासी जनजाती महासंघ, कुवेतले २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन आगामी १८ अगष्टमा आयोजना गर्ने


नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ ।

विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनीहरुको हक हितको संरक्षण गर्न गराउन हरेक वर्ष ‘९ अगष्ट’ का दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ । यसै मेसोमा कुवेतमा रहेका जनजातीहरु र कृयाशिल जातीय संस्थाहरुको छाता संस्थाका रुपमा २०१४ मा स्थापित नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाले ‘विश्व आदिवासी दिवस’ तथा आफ्नो चौथो कार्यकालको निम्ती ऐतिहासिक अधिवेशन सम्पन्न गर्न लागेको हो ।

अधिवेशन प्रयोजनको लागि महासंघले आफ्नो गृहकार्य शुरु गर्दै बिभिन्न कार्यबिभाजन समेत गरेको छ भने कार्यक्रमको लागि हलको तय नभइसकेपनि अन्य तयारीहरू अगाडि बढिसकेको महासंघ, कुवेत शाखाले जनाएको छ ।

कुवेतमा कृयाशिल जातिय संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखामा आबद्ध सस्थाहरु यस प्रकार रहेको छ ।

१) तमू समाज, कुबेत
२) नेपाल तामाङ घेदुङ, कुवेत
३) नेपाल मगर संघ, कुबेत
४) किरात राई यायोक्खा, कुबेत
५) किरात याक्थुङ चुम्लुङ, कुबेत
६) तमू प्ये ल्हु संघ शाखा, कुवेत
७) सुनुवार सेवा समाज, कुबेत
८) नेवा:गूठी, कुवेत

कार्यक्रम सम्वन्धी थप जानकारी;
कार्यक्रम: चौथो ऐतिहासिक अधिवेशन तथा २९औ विश्व आदिवासी दिवस
मिति: अगस्ट १८ तारिक २०२३ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई…

जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो…

इजरायलले बुधबार यमनी राजधानी साना र उत्तरी प्रान्त अल-जौफमा आक्रमण गरेको थियो, हुथी मिडियाले आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...