Monday 23rd December 2024

संस्मरण कथाः पानी रोटी


-बालकृष्ण घिमिरे, बनेपा काभ्रे

आज भन्दा झण्डै तिस् वर्ष अगाडि “उद्दे” कामको खोजिमा सहर पस्यौ | काम पाउन त्यती सजिलो थिएन | भोक्ले तड्पिदै काठामाण्डौको गल्लिमा कामको खोजिमा भौतारिदै गर्दा एक्कासी गाउकै “ नबे “ सँग उद्देको भेट्भयो | सुकिलो मुकिलो नबेले सुरुमा उद्देलाई आफु गतिलै अफिसमा काम गर्ने बतायो | कामको खोजिमा सहर आएको उद्दे नबेले काममा लगाई दिनेमा ढुक्क भयो र भन्यो हेर नबे म त् तलाई भेटेर भगवान भेटेझै भएको छु | मपनी जागिर खान सहर आएको हुँ जसरी पनि मलाई जागरिमा तैले लगाउनु पर्छ | बिहान सबेरै आएको हुँ केही खाएको पनि छैन उद्देले भन्यो | उद्देको कुरा सुनेर नबे अकबक्क भयो | केही छिन पछी नबेले भन्यो , हेर उद्दे यहाँ काम पाउन तैले सोचेजती सजिलो छैन | मेरो कामको बारेमा भरे थाहाँ पाउछस् हिड भात खान जाउँ | उद्देलाई भगवान मात्रै हैन आफ्ना आमा बाउ नै त्यही प्रकट भएझै भयो त्यतिबेला | काठामाण्डौको ठुलो अस्पताल ( पछी बुझ्दा वीर अस्पातल ) पछाडिको गल्ली बाट भित्र खोचमा रहेको होटलमा नबेले लिएर गयो | होटेल भित्र काधमा नाम्लो भिरेका भरिया , ठेला चलाऊने ठेलावाला र धुलाम्मे , हिलाम्मे भएर ज्यामी काम गर्नेहरुको भिड थियो | कोही खाना खाँदै गरेका , कोही जिस्किदै मस्किदै आनन्द लिदै गरेकाहरुको छेउमै गएर नबे बस्यौ र भन्यौ अाईज यहाँ बस् | उद्दे उदेक मान्दै नबेको छेउमै गएर बस्यौ | ए साउनि दुईटा थालमा मासु भात हाल त् , नबेले भन्यौ | ठुल्ठुला थालमा भात र ठुल्ठुला चोक्टा ( हाडनभएको ) मासु थालभरी हाल्दै उहाले नि खानुहुन्छ त् ? साउनिले सोध्न नभ्याउदै नबे बोल्यो , किन नखानु मासु भनेपछी भुतुक्कै हुन्छ | साउनिले दुई डाडु झोल थपिन् र भातको थाल ल्याएर राख्दिन | खाँ खाँ गमगमी खाँ | खसिको मासु हो अन्यथा नठान खाँ | कलै नबेको मुख कलै भातको थालमा हेर्दै गरेको उद्देलाई नबेले भन्यौ | घरमा भातको सितो देख्न दसैं गुर्नुपर्ने र पेट भर्न गहुको पिठो घोलेर पकाएको पानी रोटी ( खोले ) पिउनु पर्ने अवस्थाको उद्दे ले एकथाल मासु र भात लपेट्यो ।

ए साउनि , मासु भात थप्देउ त् यस्लाई | हैन सातदिनको भोको हो कि क्या हो ? साउनिले भत्भताउदै उद्देको थालमा भात र मासु थपिन | भोकको झोकमा मुखमै नअटाउने मासुको चोक्टा र भात र खानु खायो उद्देले | साउनि एक रुपैयाँ फिर्ता लेउ भन्दै नबेले पन्द्र रुपैयाँ दियो | कहाँ पन्द्र रुपैयाँले पुग्छ उहाको त् डवल लाग्छ , साउनि कड्कीन | के रे ? भोली बाट तिम्रोमा अाईदैन राख त्यो एक रुपैयाँ पनि भन्दै नबे बाहिर निस्किएझै गर्यौ | लाउ लाउ साउनिले एक रुपैयाँको ढ्याक नबेलाई दीइन् | देखिस् सहराहा बोल्न सकिएन भने कसरी हेप्छन उद्देलाई धाप मार्दै नबेले भन्यौ |

रात छिप्पिदै गएको थियो विरअस्पातल नजिकैको गल्लिमा राखेको ठेलाको सिक्री खोल्दै र त्यही ठेला मुनी पोको पारेर राखेका झुत्रा लुगा फेर्दै हेर उद्दे , अब मेरो अफिस् सुरु हुन लागो , त् यही बस म दुई घण्टा जतिमा आउछु नबेले भन्यौ | उद्दे केही बोल्न सकेन र नबेको मुखमा हेरी रह्यो |

ठुल्ठुला डब्बामा आएका कपडाको चाङ् ठेलामा राखेर नबे , उद्दे र अरु दुई जना भएर ठेला ठेले | दिन भरी गाउका मान्छेले देख्छन र भेट्छन भनेर टुडिखेलमा दुबोको ओछ्यान र आफ्नै जुत्ताको सिरानी राखेर सुत्ने र राती राती नबे सँगै ठेला र रिक्सा चलाऊने जागिर उद्देले पनि पायौ |

घरमा नावालक भाई , बैनीलाई धोका दिदै बा-आमा सँग अलगै बसेको उद्दे , सित्तैमा गाउलेको कोदोबारी खन्नु र खाना खाजा खादा आफ्नाहरुलाई चाम्रे र उसलाई डडेको मकै दिदाको सम्झनामा सहरमा ठेला र रिक्सा ठेल्नमै रमाउन थाल्यो | भिन्न भएर एकतले झुपडी बनाउदा आफ्नै जन्मदाता बाट घरको जग भत्काउने र थोह्रै खेती बाट ल्याएको धान पराल आफ्नैले चोरेर लग्दा वाक्क बनेको उद्दे ठुल्ठुला चोक्टा भएको मासु र भातमै रमाउन थाल्यो | भिन्न हुँदा बाउले दिएको रिण तिर्न नसक्दा घर माथिको अम्रिसो घारिमा लुकी लुकी राती घरमा पुगेर बिहान झिस्मिसेमै सहर फर्किने गरेको उद्देकी श्रीमतीलाई तेह्रो लोग्ने घरमा छैन कस्को पेट बोकिस् ? भन्ने आरोप लाउने छिमेकी देखी वाक्क भएको उद्दे , दिन भरिको चौरको सुताई र रातिको काममा नै व्यस्त हुन थाल्यो | पाखुरी देखेर उकास्नेहरुले रिण तिर्न नसक्दा घरमै साउ बोलाएर बिजेत गर्दिएको सम्झनामा हातका ठेला र गर्धनको महेललाई माड्दै खुशीले नाच्न थाल्यो |

कयौ पटक घरायसि झगडाका कारण श्रीमती माईत बस्दा वा घरमा मर्न खोज्दाको पिडा भुलाउन सहरमा पसेको उद्दे , बिस्तारै ठेलागाढा र रिक्सा ठेल्न छाडि बागबजार स्थित चाचा पेण्टरमा काम गर्न थाल्यो | रिक्सा ठेलाको जस्तो आम्दानी पेण्टिङ काम बाट नभए पश्चात साईकिलमा धुप साबुन आदी बेच्दै हिंड्न् थाल्यो | लामो समय साईकिलमा सामान बेच्ने क्रममा रोल्पाका ट्याम्पो ड्राईभर सँग हिमचिम बड्यो र उसै सँग ट्याम्पो सिक्दै उद्दे , ड्राईभरमा रुपान्त्रित भयो |

लोग्ने काठामाण्डौमा भएपनी गाउमै मेलापात घास दाउरा गरेर बसेकी उद्देकी श्रीमतिलाई आफन्तले गरिखान पनि नदिने मरिजान पनि नदिने अवस्थामा पुर्याय | त्यसपछी घरमा पालेको भैंसी गाउलेलाई जिम्मा लगाएर आधारातमा एउटी छोरी र श्रीमती काठामाण्डौ ल्यायो उद्देले | काठामाण्डौको बसाई पछी वर्षहरु बित्दै गए , त्यो सँगै बालबच्चा पनि थपिदै गए उद्देका | उद्दे खान नपुग्दा र नपाउदा गहुको पिठोमा नुन हालेर खोले पकाउने र केटाकेटिलाई पानी रोटी मिठो हुन्छ भन्दै खुवाउने गर्दथ्यौ | ट्याम्पो चलाउदै गर्दा ड्राईभरहरुको हितमा काम गर्ने संगठनको सदस्य हुँदै गर्दा राजनीतिको समेत अन्धभक्त भएर हिड्यो |राजनिती गर्दा घरमा पानी रोटी समेत खुवाउन र खान नसक्ने अवस्थामा पुगेपछी स्वदेशको रोजगारीबाट जिविकाउपार्जन गर्न धौ धौ भएको निचोड् निकाल्दै विदेशियो उद्दे |

आज विदेशमा कमाएको थोह्रै सम्पतिका कारण र श्रीमतिको आट , भरोसा , साथ , सहयोग , जोस् , जागर , हौसला र प्रेणाले गर्दा सानो घडेरी जोडेर उक्त घडेरि लिएको धेरै वर्ष पछी पुन रिणकै भारी बोकेरै भएपनी घर बनाएर तिस् वर्ष लामो डेरा बसाईपछी आफ्नै घरमा सर्नै लाग्दा फेरी विगतलाई सम्झदै खुशीले पानी रोटी ( खोले ) खाने रहर जाग्यो र उद्दे आँफैले पानी रोटी पकाएर परिवारका साथमा खुशीले खायो | धनीहरु महल बनाउछन , देखासेखी गर्छन् भोजभतेर , पार्टी गर्छन् तर उद्देका लागि प्रेणाको श्रोत बिगत हो र विगतलाई भुलेर भविश्यमा रमाउनु छैन र हूदैन् भन्ने मान्यता भएको उद्देको आगामी जीवन कस्तो हुने हो समयले नै बताउला |


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटको टोय फेस्ट २०२४ एक चकित र खुसीको संसार हो जसले बच्चा र वयस्क दुवैका लागि पर्खिरहेको छ, यो…

प्ये म्हस्याँ छ्याँ म्हमु छ्याँ म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमुअर्थात शास्त्र हराए संस्कार हराउछ संस्कार हराए संस्कृति हराउछ…

जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको घातक हमलामा संदिग्ध एक इस्लाम विरोधी कार्यकर्ता थिए जसले अक्टोबर ७ मा भएको हमलापछि सामाजिक…

प्रतिकृयाहरू
...