Tuesday 30th December 2025

गजल -राम भण्डारी


संघर्ष बिनाको जित पनि हार जस्तो लाग्ने रहेछ ।
मायाँमा उजाडिएको संसार जस्तो लाग्ने रहेछ ।।

मन पनि यति अताल्लि सक्यो कि अब कसैको
सहयोगी हातहरु पनि तरवार जस्तो लाग्ने रहेछ ।।

आखिर अगुल्टोको चोट धेरै पटक खाएर होला
चट्याङको झड्का बारम्बार जस्तो लाग्ने रहेछ ।।

जिवन यात्रा जस्तै जस्तै यो मायाको सागर पनि
तरेरै नसकिने हजारौं जंघार जस्तो लाग्ने रहेछ ।।

मुटु भित्रै बास दिएपनि कसैको अधिनमा रहँदा
निश्चल दिल पनि कारागार जस्तो लाग्ने रहेछ ।।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...