Thursday 8th October 2026

गजल -राम भण्डारी


संघर्ष बिनाको जित पनि हार जस्तो लाग्ने रहेछ ।
मायाँमा उजाडिएको संसार जस्तो लाग्ने रहेछ ।।

मन पनि यति अताल्लि सक्यो कि अब कसैको
सहयोगी हातहरु पनि तरवार जस्तो लाग्ने रहेछ ।।

आखिर अगुल्टोको चोट धेरै पटक खाएर होला
चट्याङको झड्का बारम्बार जस्तो लाग्ने रहेछ ।।

जिवन यात्रा जस्तै जस्तै यो मायाको सागर पनि
तरेरै नसकिने हजारौं जंघार जस्तो लाग्ने रहेछ ।।

मुटु भित्रै बास दिएपनि कसैको अधिनमा रहँदा
निश्चल दिल पनि कारागार जस्तो लाग्ने रहेछ ।।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...