Sunday 10th August 2025

पाक प्रशाशित काश्मिर भारतमा मिल्न चाहान्छ – योगी आदित्यनाथ


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार अम्बेडकर नगरमा आयोजित एक र्‍यालीमा सम्बोधन गर्दै भनेका छन , पाकिस्तान अधिनस्थ कश्मीरभित्र हामी पनि भारतमा सामेल हुन चाहन्छौं भन्ने माग छ। उनको यो बयानले पाक अझ चिढिएको छ ।

उनले भने, “अगस्ट ५, २०१९ मा कश्मीरमा धारा ३७० लाई इतिहासको डस्टबिनमा फालेर खारेज गरियो र कश्मीर भारतको कानून द्वारा शासित छ। हामी शान्ति र विकासको नयाँ धारा लिएर अघि बढौं । त्यस बेला भारतले जारी गरेको नक्साको विवाद ले नेपाललाई समेत भारतले चिढाएको छ । उसले सोही समयमा नेपालको चुच्चे नक्साको भूभाग आफ्नो नक्सामा गाभेको थियो ।

“अहिले कश्मीर भित्र कुनै अशान्ति छैन। अब पाकिस्तान प्रशासित कश्मीर भित्रको माग छ कि हामीलाई पनि भारतको हिस्सा बनाउनुपर्छ, हामी पनि भारतमा सामेल हुन चाहन्छौं, गरीब पाकिस्तानको साथमा कोही पनि उभिन चाहँदैनन् योगीले भने ।


सम्बन्धित शीर्षकहरु

बेरुत: पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा सिरिया जाँदै गर्दा प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र उनका अंगरक्षक सहित धेरै व्यक्तिको…

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

प्रतिकृयाहरू
...