Sunday 21st September 2025

सोमनाथ लुइँटेल”रवि पाल्पाली” का तार्किक जुनेलीहरू


१)
खलोमा
बस्छौ
भलोमा
खस्छौ ।
२)
चारमा
सार
बारमा
झार
३)
बलेको
देख्छु
चलेको
लेख्छु ।
४)
मायाको
पोको
रहेछ
धोको ।
५)
पाल्पाली
नानी
ल्याउन
पानी ।
६)
तिर्खाले
सुक्यो
घाँटी नि
दुख्यो ।
७)
नजर
टाढा
पिरती
गाढा ।
८)
पाल्पाली
ठिटो
लेख्दछ
छिटो ।
९)
आखामा
पानी
नभन
नानी ।
१०)
चलन
भयो
जलन
गयो।
११)
कसम
खान्छौं
मिलेर
जान्छौं।
१२)
लतार्नु
हुन्न
दिलले
छुन्न।
१३)
मनको
बह
नबोली
कह।
१४)
दु:खको
बेला
पीडाको
मेला।
१५)
आकाशे
फल
नगरे
कल।
१६)
बेलामा
मौका
पर्दछ
चौका।
१७)
छोप्नु छ
भेल
नराम्रो
खेल।
१८)
मनको
तार
नलाऊ
बार।
१९)
चलन
चल्ती
बचेन
खल्ती।
२०)
गगन
पारी
आउ है
प्यारी।
२१)
जुनेली
नारा
घन्कियो
सारा।

सोमनाथ लुइँटेल”रवि पाल्पाली”
पाल्पा,हाल-बर्दिया


सम्बन्धित शीर्षकहरु

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

नासाको मंगल ग्रह रोभर पर्सिभरेन्सले मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेतहरू पत्ता लगाएको छ। रोभरले प्राचीन सुख्खा नदीको नालामा चट्टानहरू…

आज भोली आन्दोलनमा घुसपैठ भयो भनेर जेन जी पनि भन्छ, निबर्तमान सरकार र पुराना दलहरु पनि त्यसै भन्छन । अझ…

प्रतिकृयाहरू
...