Tuesday 27th October 2026

नेपाल र कुवेतको एसीसी प्रिमियर कप सेमिफाइनल:आज


तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ।

यो उपाधि जितेमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। तर समूहको अन्तिम खेलमा कतारसँग फितलो ब्याटिङ गरेको नेपालका लागि कुवेतलाई पराजित गर्नु चुनौतीपूर्ण हुने देखिन्छ। नेपाल पछिल्ला ९ वटा खेलमा अपराजित छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ का अन्तिम ६ खेल जितेको नेपालले एसिसी प्रिमियर कपमा मलेसिया, ओमान र कतारलाई पराजित गरेको थियो। नेपाली सिनियर टिमले एकदिवसीय फर्म्याटको खेलमा कुवेतसँग ११ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक नेपाल र कुवेतबीच सन् २०१२ को अक्टोबरमा एसिसी ट्रफीको खेलमा प्रतिस्पर्धा भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...