Sunday 13th September 2026

गजल


[ गजल ]
भाग्छ नीद,रुन्छ मन,घरको याद आउँदा खेरि ।
बा-आमा र उनको माया,मनैभरि छाउँदा खेरि ।।

योग्यताको कदर छैन ,अर्थहीन भयो प्रमाण पत्र
कत्ति खुसी थिएन मन,हातमा भिषा पाउँदा खेरि ।।

बाचा कसम खाएको थिएँ,विहे अघि उनी सँग
एक्लै पार्ने छैन भनि, मिठो माया लाउँदा खेरि ।।

बिताउँदि हुन् दिन कसरी , नयाँ घर अनि नाता
वैराग लाग्दो होला मनमा,कोइलीले गाउँदा खेरि ।।

ऋण काढेर आइएको छु , खट्नै पर्छ मैंले यहाँ
दुख्ला मन बा-आमाको,घरमा साहु धाउँदा खेरि ।।

कमला न्याने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना…

प्रतिकृयाहरू
...