Sunday 11th January 2026

गजल


[ गजल ]
भाग्छ नीद,रुन्छ मन,घरको याद आउँदा खेरि ।
बा-आमा र उनको माया,मनैभरि छाउँदा खेरि ।।

योग्यताको कदर छैन ,अर्थहीन भयो प्रमाण पत्र
कत्ति खुसी थिएन मन,हातमा भिषा पाउँदा खेरि ।।

बाचा कसम खाएको थिएँ,विहे अघि उनी सँग
एक्लै पार्ने छैन भनि, मिठो माया लाउँदा खेरि ।।

बिताउँदि हुन् दिन कसरी , नयाँ घर अनि नाता
वैराग लाग्दो होला मनमा,कोइलीले गाउँदा खेरि ।।

ऋण काढेर आइएको छु , खट्नै पर्छ मैंले यहाँ
दुख्ला मन बा-आमाको,घरमा साहु धाउँदा खेरि ।।

कमला न्याने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...