Tuesday 8th September 2026

गाेधुली साहित्य प्रतिष्ठानकाे आठौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी सम्पन्न


गाेधुली साहित्य प्रतिष्ठानकाे आठौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी यहि २०७९ चैत्र २६ गते प्रतिष्ठानकी अध्यक्ष गंगा लिगलको सभापतित्व एबं प्रमुख अतिथि डा. दोवी पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा डा पन्थीले मन्तव्य दिनु हॅुदै आज बहुभासिक काव्य साथै लघुत्तम विधाहरु धेरै आएकोमा खुशी व्यक्त गर्दै कविता फरक ढंगले बिकृति र विसंगतिदाहाल,मणीराज सिंह,जनार्दन अधिकारी प्रतिको प्रहार गरि लेख्नु पर्छ भन्नु भयो ।

विशिष्ठ अातिथि र अन्य बरिष्ठ साहित्यकारहरुकाे उपस्थितिमा जनार्दन धड्कनले नेपाली माटोमा जन्मेर नामाकरण पाएका चारु खोरिया, सुसेली लगायत विधाहरु स्रष्टाको कलमबाट हुर्कदै विश्व भर फैलिदै गएकोले अब नेपाली साहित्य पनि फराकिलो हॅुदै गएको छ भन्नु भयो ।

दुर्गा भमरकोटेले गोधुलीलाई शुभकामना दिनु हॅुदै रचना सुनाउनु भयो ।चुडा निर्भिकको सफल उद्घोषण र ललिता दोषीको स्वागतबाट प्ररम्भ भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरुमा सोम लुईंटेल, मिरा ज्ञवली, रस्मी रिमाल, सुधा मिश्र, शुरेश घिमिरे, चन्द्रावती अधिकारी, गंगा अभिलाषी, अमन अधिकारी(वालकवि) रेणु घिमिरे, अमर सैंजु, शान्ति भण्डारी दाहाल, घनश्याम पौडेल, लक्ष्मी प्रसाद मिश्र, गंगा कर्माचार्य, उर्मिला पन्त, हरि प्रसाद घिमिरे, संगिता ठाकुर, द्वारिका कुईंकेल लगायत २२ जना स्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो ।

अन्तमा सभापति गंगा लिगलले साहित्य उच्च सगरमाथा हो उच्च भावना र सोचले काव्य सिर्जना गर्नु पर्छ भन्नु हॅुदै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम बिसर्जनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...