Wednesday 15th July 2026

जमिनको वास्तविक मालिक किसान –गोबिन्द राज ओझा (राजन)


जमिनको वास्तविक मालिक किसान हुनुपर्छ
बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ
गरिबले पनि रोजी रोटी खान पाउनुपर्छ
गरिबले पनि बाँच्न पाउनुपर्छ ।।१।।
 
हातमा हात मिलाएर हामीले भन्नुपर्छ
गरिब र मजदुरको पीडा बुझ्नुपर्छ
यो कुरा याद राख्नुपर्छ
जमिनदारको बाँझो जमिन खोसिनुपर्छ ।।२।।
 
हर गरिबले धनी बन्न सक्नुपर्छ
मजदुरले पनि कामको ज्याला समयमै पाउनुपर्छ
जमिनको वास्तविक मालिक किसान हुनुपर्छ
बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ ।।३।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

ब्युनस आयर्स। अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएल ले अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र क्षेत्रीय तनावबारे कडा अभिव्यक्ति दिँदै आफूहरू “लुटेरा समुद्री डाकूहरूसँग…

ब्रसेल्स। युरोपेली संघ (EU) का सदस्य राष्ट्रहरूमा गत वर्ष ४५ वटा आतंकवादी आक्रमण वा प्रयास भएका र तीमध्ये केही घटनाको…

पेरिस। २०२६ फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका विभिन्न शहरमा भएको हिंसात्मक घटनापछि १६० भन्दा बढी व्यक्ति पक्राउ परेका…

प्रतिकृयाहरू
...