Wednesday 2nd September 2026

ज्यान लिने अर्को भईरस ले पुन त्रस्त बन्दै विश्व


मारबर्ग भाइरसले अहिले पुन विश्व जगत त्रस्त बनेको छ । यो विमार पनि उतिकै घातक छ जति कोरोना थियो । लक्षणहरु पनि लगभग उस्तै उस्तै छन तर यसको प्रसारण हुने तरिका केही भिन्न छ । बिषेश गरेर बिरामीको शारीरको तरल पदार्थको सम्पर्कबाट यो रोग सर्ने गर्दछ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बताए अनुसार मारबर्ग भाइरस संक्रमित व्यक्तिको रगत वा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट सर्ने गर्छ, मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल सनदले यो भाइरसको इन्क्युबेशन अवधिको दायरालाई एक प्रेस विज्ञप्ति मार्फत भनेका छन यो २ दिन देखि २१ दिन सम्मको अवधीमा सर्दछ ।

संक्रमणको प्रारम्भिक लक्षणहरू को सम्बन्धमा भनिएको छ । की यसले भेटेपछि मानिसको टाउको दुखाई निक्कै पिडादायी हुनेछ । उच्च ज्वरो आउने, कमजोरी महसुस हने र मांसपेशी को दुखाई हुने गर्दछ । कोरोना भाईरसमा पनि यी लक्षणहरु हुने गर्दछन ।

यसले भेटे पछि अलिक ढिलो गरि देखा पर्ने लक्षणहरुमा वाकवाकी लाग्ने, बान्ता हुने, कडा गरी पेट दुख्ने, पखाला चल्ने , बान्ता वा दिसामा रगत देखिने गर्दछ ।

मानिसहरूले कुनै पनि संदिग्ध संक्रमित व्यक्ति र उसको नजिकका सम्पर्कहरूमा रहेदा विमारीको शरीरको तरल पदार्थको सम्पर्कबाट बच्नुपर्दछ। भाईरस यति सम्म खतरा छ की अहिलेसम्म उक्त भाइरस विरुद्ध कुनै प्रभावकारी खोप बनेको छैन।

डा. अल-सनदले आफ्नो विज्ञप्तिमा आश्वस्त पार्दै भनेका छन की कुवेतमा यो महामारीको फैलन सक्ने अवस्था धेरै कम छ । यसो हुनुमा खास गरेर उक्त रोग देखिएका मुलुकमा यात्रा गर्नेहरुको न्युन संख्या भएका ले हो । क्षेत्रीय रूपमा, हालको प्रकोपमा खाडी सहयोग काउन्सिल देशहरू वा पूर्वी भूमध्यसागरीय क्षेत्रमा यो रोगको कुनै केस फेला परेको छैन।

मध्य अफ्रिकन देश खासगरी युगाण्डा, कंगो, केन्या, अंगोला र गुईना जस्ता देशहरुमा यसको असर बढि देखा परेको बताईन्छ । यो विमार पनि जनवारबाट आएको मानिन्छ । यो बादरबाट सरेको विश्वास गरिन्छ । शुरुमा आज भन्दा ५० बर्ष पहिले नै यो रोग युरोपमा देखिएको थियो । जुन अफ्रिका भ्रमण गर्नेहरुमा पाईएको हो । ईबोला परिवार अन्र्तगत पर्ने यो रोग ईबोला भाईरस सँग मिल्दो जुल्दो हुन्छ तर यसका लागि अहिले सम्म कुनै भ्याक्सिन बनेको छैन । हावाबाट नसर्ने भए पनि विमारिको छालाबाट स्वास्थ्य मानिसको छालामा छोएको अवस्थामा सर्ने गर्दछ । यौन सम्बन्ध, जुठो, विमारीको रगत लगायतबाट यसको प्रसारण छिटो हुने विश्वास गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...