चित्रमा पञ्चाङ्ग
===========
भाग: ५५
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/११/२५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
नङ्ग्याउन खोज्छौ मातृत्व छ भित्र हेर
आमा भन्ने शब्द चोखोमा पवित्र छ हेर
संसार यसै फुल्दैन, पर्छ फुलाउनु
मान सम्मान सधैँ गर्नु छ मित्र हेर
मान गरे मान पाइने विचित्र हेर ।
सविता के.सी., काठमाडौँ ।
Sabita
Sabita Khatri
पञ्चाङ्ग २
शीर्षक #आमा आ=आत्मीय
मा=माया
म आत्मीय अनि मायाकी खानी हुँ आमा
सुन्दर देख्ने नयनको नानी हुँ आमा
शरणमा मरण तुल्याउनु हुँदैन
प्यासमा अमृत दुध र पानी हुँ आमा
मायाको कहानी सबैको दानी हुँ आमा ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ३
प्राणिमा आत्मियता हुनु राम्रो
सफा र सुग्घरमा छुनु राम्रो
नत्र त प्राणिबाट रोग सर्ला
पशुको पनि आशु धुनु राम्रो
अरुको दुखमा नि रुनु राम्रो ।
म प्र धि
पञ्चाङ्ग ४
साँच्चै हो कि खेलाँची हो बुझ्नै गारो भो
माउ विना बच्चो बाँच्न धेरै सारो भो
आफ्नो बच्चा ठगियो कि केहो बुझौँन
सबै कुरा बुझ्न पनि कस्तो तारो भो
जोडी बच्चा बचाउन आफ्नै मारो भो ॥
गुणनिधि घिमिरे सूर्यविनायक भक्तपुर
पञ्चाङ्ग ५
कसैको रहर अनौठो
बुझेमा कहर अनौठो
आखिर हरायो संस्कृति
देखियो जहर अनौठो
आँसुको नहर अनौठो ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
जनावरले मान्छे चिनेको हुन्छ
यसै नजिकै आउदा मन छुन्छ
माया मान्छे पशु केही फरक हुन्न
रहर पाले जस्तै सम्बन्ध बुन्छ
कोही नभए आँसुले आँखा धुन्छ ।
अम्विका अधिकारी
झापा विर्तामोड
पञ्चाङ्ग ७
सन्तान सबैको एउटै त हो नि भन्ने जानेदेखि
मायाको तारले सबैलाई बराबर बानेदेखि
बिचरा!यो टुहुरो पनि त बाच्ने थियो होला नि है
अर्काकै सन्तान भए पनि आफ्नै जस्तो ठानेदेखि
यो टुहुरोले नि आमा सम्झी दूध चुस्न मानेदेखि ।
-खोटाङ ।
पञ्चाङ्ग ८
झट्ट हेर्दा संसार बिचित्रको देखियो
तर बुझ्दा माया सचित्र को देखियो
हुनुपर्ने यस्तै सांसारिक सम्बन्ध
जनावर ,मानवको चित्र देखियो
एकर्काको माया मुटु भित्र देखियो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
जनावरमा दया दर्साउने मान्छे
पराइ माथि माया बर्साउने मान्छे
आफन्त देखि टाढा भए किन आज,
आफ्नै बुढा बाआमा थर्काउने मान्छे
भाइ भाइको खुट्टा खर्साउने मान्छे।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
नारी कति महान छिन यो चित्रमा हेर्नू पर्छ
सबै प्राणी आफ्नै जस्तो हुन मायाले बेर्नु पर्छ
पसु पञ्क्षी होस वा जीव जन्तुको आत्मा उही हो
सबलाई खुसी दीँदै हाम्ले मुहार फेर्नु पर्छ
ईश्वरीय आत्मा हूँ ईश्वरको बात टेर्नु पर्छ ।
चेतना पोखरेल
मोरङ
पञ्चाङ्ग ११
माया र ममता यहाँ किन्न मिल्दैन
नदेखेको झैं गरेर हिन्न मिल्दैन
मानवता यो महसुस हुनुपर्छ,
कसैले गास कसैको छिन्न मिल्दैन
दुःख र दर्द गनेर गिन्न मिल्दैन ।
रतन बिष्ट _ आलिताल, डडेल्धुरा
पञ्चाङ्ग १२
पशु एक मान्छेको अनौठो मित्र छ
छोराछोरीको झै माया मन भित्र छ
हुन त माया मोहमै छ यो संसार!
यहाँ मान्छे र जनावरको चित्र छ
साँनसारिक माया बढो विचित्र छ ।
दुर्गा भट्टराई
मोरङ