Sunday 27th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : अठ्सठ्ठीऔँ भाग (६८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/११/०२
……………………………….

प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : आफू खुसी
स्थायी :- आफू खुसी ।

अक्षर संख्या :- ५ देखि २५ । तर सबै हरफमा बराबर अक्षर हुनुपर्छ ।
प्रेम दिवसको अवसर परेकाले यसैलाई विषयवस्तु बनाएर पञ्चाङ्ग प्रयास गर्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

परदेशको नियम कसले झिकायो है
नगर्नुपर्ने काम यो कसले सिकायो है
मान्दिन म त हावादारी लाग्छन् कुराहरू
व्यापारमा यो गुलाफ कसले बिकायो है
वर्षौँ वर्ष यसै गरी कसले टिकायो है ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

हेर्नुहोस् देखासिकी अरूको गर्नु हँदैन
ओइली जाने फूलको भर पर्नु हुँदैन
जस्तो छ आफ्नो संस्कारमा रम्ने बानी राम्रो
अनेकौ विकृति विसंगति छर्नु हुँदैन
अरूको रितिरिवाजलाई भर्नु हुँदैन ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ३

कलियुगमा राम खोजेर
दु:ख पाएछु नाम खोजेर
खै किन होला सारा मानिस
ज्यान फाल्दैछन् दाम खोजेर
रुँदैछन् आर्त ठाम खोजेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

बेतुकको घैला भर्छन् किन
बेमौसमी आँखा तर्छन् किन
दोषारोपणको बीउ छर्दै
बारम्बार गल्ती गर्छन् किन
अरु तिर भ्रम छर्छन् किन ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ५

प्रेम पनि एकदिन संझेर हुन्छर खै
यो दिवसले मन र मुटुमा छुन्छर खै
प्रेमको परिभाषा त धेरै विशाल छ है
एक अर्कोमा गुलाफले प्रेम बुन्छर खै
दिवस, प्रेमले बगेका आँसु धुन्छर खै ।
शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग ६

सर्केर छेउमा बसौँ, प्रेम दिवस हो आज
नसालु नजर धसौँ, प्रेम दिवस हो आज
बेरेर अङ्गालो, चार हात सिकन्जा बनाऊँ
एक अर्कालाई कसौँ, प्रेम दिवस हो आज
अमृत बनेर खसौँ, प्रेम दिवस हो आज ।
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पन्चाङ्ग ७

चक्लेट बाड्दै रमाएकाछ्न् केटाकेटी हेर मायाले
प्रेम दिवसले खुशी ल्याएको छ मन फेर मायाले
आनन्दले छाउँछ जिवनमा पक्कै खुशीको लहर
मन भरिको चाहानालाई एक फन्को घेर मायाले
मुसुक्क मुस्कान सहित चमक ल्याइ बेर मायाले ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग ८

मानवसित मानवताको साइनो लगाउने भए
प्रेमसित जोडिएको स्वार्थ छुट्याएर भगाउने भए
ए मानव!भर्खर फक्रिदै गरेको गुलाफ किन चुड्छौ?
एकमुट्ठी कनिका देउ न साच्चै प्रेम जगाउने भए
मानव मन माथि उठाई दानवता नगाउने भए !

पशपती राईऽ खोटाङ

पञ्चाङ्ग ९

गुलाफले स्वागत गरें ल
पाउनलाई भर परें ल
चोखो माया अमर रहोस्
भन्दै जँघारहरु तरें ल
तिमीसँगै नजिक सरें ल ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग १०

प्रणय दिवस प्यारो मान्दछन् फूलको थुँगाले
मेरो ओठको हँसाई छान्दछन् फूलको थुँगाले
बेचैनीमा रहदा सदैव बोल्दछन् मीठो बोली
रिसाएको खुसाएको जान्दछन् फुलको थुँगाले
जीवन अमुल्य निधि ठान्दछन् फूलको थुँगाले ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ११

सबैको मनमा प्रेमिल होस् भावना सधैं भरी
मायालु जोडीहरु नछुटुन् चाहना सधैं भरी
बिदेशी संस्कार भित्रीन सकेको छ नेपालमा
जिन्दगी सफल बन्ने रहोस् कल्पना सधैं भरी
प्रेम दिवस राम्रो होस् शुभकामना सधैं भरी ।

तारा घिमिरे स्वेच्छा सङ्खुवसभा

पञ्चाङ्ग १२

कोपिलालाई कहिल्यै फुलको थुङ्गो सम्झियौ
जिन्दगीको सफरको यो कस्तो टुङ्गो सम्झियौ
सम्झिएर प्रेमलाई त्यो दिवस मनाउदा
नासमझ भन्यौ मलाई कस्तो बुङ्गो सम्झियौ
हिराको दिल लाई चै तिमिले ढुङ्गो सम्झियौ ।

रतन बिष्ट _ आलिताल, डडेल्धुरा

पञ्चाङ्ग १३

हामी आफ्नै संस्कृतिमा यो मायाको अर्थ खोजौँ
चौतारीका वर पिपल त्यो छायाँको अर्थ खोजौँ
आफ्नै मातृ परदेखि किन टाढा फाल कुद्नु?
सातफेरा लगाएको यो कायाको अर्थ खोजौँ
जीवनभरि माया दिने ती जायाको अर्थ खोजौँ ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग १४

यही सानो प्रेम शान्तिको मन्त्र बन्दैछ
धरतीलाई अड्याउने तन्त्र बन्दैछ
त्यसैले प्रेम दिवस मनाउने गर्छौं
आजभोलि त्यही प्रेम नै यन्त्र बन्दैछ
फुकाउन खुलाउनको जन्त्र बन्दैछ ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग१५
विदेशी सँस्कृति पाल्दै छन्
स्वदेशी सँस्कृति फाल्दै छन्
गुलाबको फूलमा माया रे
एक अर्कालाई जाल्दै छन्
मायाको ज्योति बाल्दै छन् ।

धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...