Wednesday 24th December 2025

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आह्वान


निर्वाचन आयोगले वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिनेछ। नयाँ खुल्ने दलहरूले उपनिर्वाचनमा भाग लिन भने पाउने छैनन्।

तर २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्छ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ।

गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले उनको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ। चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार तय भने गरिसकेका छैनन्।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...