चित्रमा पञ्चाङ्ग
===========
भाग: ५१
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१०/२६
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकाउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग१
देशमा अनेक घटना घट्दैछ के हेरिरहेछन् यहाँ
आफ्नै मात्र सुरक्षार्थ काँडे तारबार घेरिरहेछन् यहाँ
निर्मलाको कुरा उक्काउन नहुने, को मरे जलेर हेर
स्वार्थले लुप्त छन्, देखिन्छन्, आफ्नै भकारी बेरिरहेछन् यहाँ
झुक्याउने दाउ छ पटकै पिच्छे बोली फेरिरहेछन् यहाँ ।
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
घटना घट्ने क्रम जारी छ
नेताको मिलोमतो पारी छ
जल्ने जलिरहन्छन् नि यहाँ
रमिता हेर्नेको नै भारी छ
अझै के के गर्ने तयारी छ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ३
लाज पचेकाहरु के हेरेर बस्दै छन्
आफै मात्र मै हुँ भन्दै कम्मर कस्दै छन्
यस्तो पाराले खै के परिवर्तन होला ?
गोरुले झैँ सिंङौरी आफै खेली धस्दै छन्
शिखरमा पुग्नै नपाई तल खस्दै छन् ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
पञ्चाङ्ग ४
ओहो मान्छे, हेर जिउँदै जलिरहेछ सडकमा
एकछाक खानाको लागि मरिरहेछ सडकमा
सरकार कुर्सीको लागि तछाड, मछाड गर्दैछ
न्यायको लागि आन्दोलन गरिरहेछ सडकमा
कयौँपटक अन्यायमा परिरहेछ सडकमा ।
शोभा आचार्य गौतम,
काठमाडौँ
पञ्चाङ्ग ५
कहालीलाग्दो दिन आइरहेछ यहाँ
आफैँलाई नचिनी धाइरहेछ यहाँ
आवश्यक प्रष्ट आवाज नउठाएर
वार्तलाप अगाडि खाइरहेछ यहाँ
माकुरो जबर्जस्त गाइरहेछ यहाँ ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग ६
कायरता मर्नु हो
यो चोला त सर्नु हो
खुल्ला सडक बिच
यो काम नगर्नु हो
सङ्धर्ष पो गर्नु हो ।
म प्र धि
पञ्चाङ्ग ७
जलेको सारा यस्तै छ
दुःखीको दारा यस्तै छ
खै कसको दोष भन्नु,
देशको पारा यस्तै छ
सत्ताको नारा यस्तै छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ८
जनता दुःख दर्द अझै झेल्दै छ यहाँ
त्यसैमाथि यो नियति ले पेल्दै छ यहाँ
कोहि झुन्ड्याएर कोही जलेर मर्दैछ,
सरकार सत्ताको खेल खेल्दै छ यहाँ
जनतालाई कर ऋण ठेल्दै छ यहाँ ।
रतन बिष्ट _आलिताल, डडेल्धुरा
पञ्चाङ्ग ९
पीडा सहेर बसेको छ
किन खरानी घसेको छ
मान्छे यसरी खेल्छ खेला
कम्मर कसी बसेको छ
पछाडि छुरी धसेको छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १०
यहाँ जे पनि हुन सक्छ
मनले मन छुन सक्छ
आखिर मानिस पिडामा
जतिबेला नि रुन सक्छ
मनको मैला धुन सक्छ ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
पञ्चाङ्ग ११
शिक्षाले खै त आज चेतना जगाउन सकेन हेर
सूचनाले अन्धविश्वास त भगाउन सकेन हेर
काम भन्दा प्रचारप्रसार पो बढी हुन्छ आजभोलि
ढाँटको प्रचारले कुकर्म बगाउन सकेन हेर
हेर्दा मात्रै सुकिलो सत्कर्म लगाउन सकेन हेर ।
-खोटाङ्ग ।
पञ्चाङ्ग १२
नेताले न धर्म जोगाउँछन्
न त आफ्नो सर्म जोगाउँछन्
पीडा भोगिरहन्छन् भोग्नेले
यसरी न मर्म जोगाउँछन्
न गतिलो कर्म जोगाउँछन् ।
प्रेम थापा “मन”बागलुङ