Tuesday 28th April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४० औं श्रृङ्खला स्वतन्त्र विशेष कव्य गाेष्ठी भव्यरूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४० औं श्रृङ्खला स्वतन्त्र विशेष कव्य गाेष्ठीकाे रुपमा मिति २०७९ साल माघ २५ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं वरिष्ट साहित्यकार कलानिधि दाहालको प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि दाहालले संघ,सस्था भन्दा श्रृजना शक्ति तिर लाग्नु पर्छ ।साहित्यिक अाधिकारिक्ता कायम राख्न चाहिन्छ ।धड्कन पनि गद्य कवितामा अगाडि देखिएकाे कवि त्यसमा मात्रै लागेकाे भए अाज उच्चस्थान पुगि सक्थ्याे जस्ताे लाग्दै छ भन्नु हुँदै चन्द्रागिरिकाे निरन्तरता प्रति बधाई दिन्छु भनी कविता सुनाउनु भयाे ।

विशिष्ट अतिथि ,गंगा लिगलले साहित्य उच्च सगरमाथा हाे भन्नु हुँदै साहित्यकाे उचाई हासिल गर्न साधना चाहिन्छ भन्नु भयाे ।

विशिष्ट अतिथि ललिता दाेषी ज्यूले शुभकामना व्यक्त गर्नु हुँदै कविता सुनाउनु भयाे ।

चुडा निर्भिककाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस यास्मीन रुम्दाली(सुनिता राई)दुर्गा अधिकारी रिमाल,उत्तम विपस्वी,द्वारिका कुईंकेल,चुडा निर्भिक,भवानी घिमिरे,पिताम्बर भट्टराई,सविता केसी, घनश्याम पाैडेल,तारा घिमिरे,यज्ञलाल सुवेदी,संगीता ठाकुर १८ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता,खाेरिया,चारु,अादि रचनाबाट भव्य बनाउनु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया लाेक छन्द हाे यसलाई जुन सुकै भाकामा पनि गाउन सकिने छ भन्नु भयाे ।यहाँ उपस्थितहरु धेरैले खाेरिया लेखन अभ्यास गरिरहनु भएकाे छ भन्नु हुँदै यहाहरु नियमित समय दिएर जाेडिनु भएकाेछ र नयाँ स्रष्टाहरु पनि हरेक श्रङ्खलामा पाउनु अायाेजककाे खुशी हाे भन्नु हुँदै प्रमुख अतिथि दाहाल,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खाेरिया,र कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर…

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

प्रतिकृयाहरू
...