Sunday 18th October 2026

लघुकथाः कुराैटे -छायादत्त न्याैपाने ‘बगर’


कक्षा ९मा पढ्ने देशजले भने-बा प्राणीहरूमा श्रेष्ठ कुन हाे ? छाेराकाे ठाडाे प्रश्न सुनेर आँखा तिखार्दै दीनबन्धुले-मान्छे ! सजिलोसँग भने । बाकाे जबाफले देशज गम्भीर भएर अर्को प्रश्न गरे- कसरी ? दीनबन्धुले – सामान्य छ नि अरु प्राणीलाई आफ्नो सुखका लागि प्रयाेग गर्न सक्छ, मात्रै आफ्नो सुखका लागि ।
देशजलाई चित्त बुझेन उनले- अरुलाई सकेजति दुख दिएर आफू खुसी हुनु श्रेष्ठता हाे ? भनेकाे सुनेर -ओहाे ! यसरी त मैले साेचेकै थिइनँ भन्दै दीनबन्धु रन्थनिए । बा आत्तिएकाे देखेर -यही त अचम्म छ ! प्राणीहरूमा सर्वश्रेष्ठ रे अरूकाे भाग खाेस्ने, काटमार गरेर प्राण हर्ने, जसरी हुन्छ आफै सुखी हुने ? अर्काकाे हक लुटेर रमाउने कसरी श्रेष्ठ ? श्रेष्ठको परिभाषा के ?
देशजकाे तर्कले दीनबन्धुलाई पसिना पसिना बनायाे । उनले बल्लतल्ल आफूलाई सहज बनाउँदै भने- याे मान्छेको अनैतिक र अनुशासनहीन व्यवहार हाे , यसलाई श्रेष्ठ भनेको हैन । बाकाे कुरा सुनेर देशज अझ चनाखाे हुँदै भने- साँच्चै भन्ने हाे भने त मान्छे श्रेष्ठ प्राणी हुँदै हैन, दुष्ट प्राणी हाे । श्रेष्ठ त गाई हाे जसले घाँस दिन्छ सट्टामा उसलाई दुध दिन्छ ।
त्यस्तो दूध जुन दुधले बालकको प्राण बचाउँछ ।
मान्छे झैँ कुराैटे अरुलाई छल्दै आफू रमाउने स्वार्थी प्राणी मैले त अरु कहीं कतै कुनै देखेको छैन । मैले देखेकाे सत्ता बाहिर भजम राम, सत्तामा जाम धुकुटी झ्वाम ! नेपाली नेताजस्तै श्रेष्ठ मान्छे, है बा ! बा !!


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...