Wednesday 16th April 2025

सरकारद्वारा पुनर्निर्माण प्राधिकरणको सीर्इअो मा पनुः ज्ञवालीलार्इ नियुक्त


तितोपाटी – राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । ओली सरकारको पालमा अघिल्लो पटक नै प्राधिकरणको सीइओ नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल दाहाल प्रचण्ड को सरकार बनेपछि हटाइएको थियो ।

आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत समेत पुगेका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश भएन । त्यसयता दुई वटा सीआईओ बदलिए पनि ज्ञवालीको मुद्धाको सुनुवाई भएको छैन ।


२०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेललाई नै प्राधिकरण सीईओको जिम्मेवारी पनि दिएको थियो । अध्यादेशमार्फत प्राधिकरण गठन भएको थियो । तर, दलहरुबीच सहमति नहुँदा संसद सुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भए । प्राधिकरणसम्बन्धी विधेयक बनाउने क्रममा पनि कांग्रेसले पोखरेललाई नै सिइओ बनाउनुपर्नेमा जोड दिएको थियो ।

पोखरेललाई बर्खास्त गरेपछि सुशील ज्ञवाली नयाँ सिइओ नियुक्ति भएका थिए । उनी प्रमुख रहँदा भूकम्पपछिको पुनर्निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेन । पुनर्निर्माण गतिशील रुपमा अघि बढ्न नसकेपछि सरकार आलोचितसमेत भएको थियो भने सहयोगको घोषणा गरेका दातृ मुलुक र निकायले रकम फिर्ता हुने चेतावनीसमेत दिने अवस्था आयो। यसरी चौतर्फी आलोचना र उनको स्पष्टीकरण चित्तबुझ्दो नपाएपछि प्रचण्ड सरकारले पुनः पोखरेललाई नियुक्ति गरेको थियो । कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि पोखरेलले राजीनामा दिएका थिए ।

पोखरेलले राजीनामा दिएपछि पूर्वप्रशासक युवराज भुसाल प्राधिकरणको सीईओ भएका थिए । तर, वर्तमान सरकारले उनलाई प्राधिकरण प्रमुखबाट हटाएपछि सीइओ पद रिक्त थियो।


सम्बन्धित शीर्षकहरु

#कुवेत सार्वजनिक सुरक्षा बढाउने र कानूनको शासन कायम राख्ने आफ्नो प्रयासको निरन्तरतामा, सार्वजनिक सुरक्षा क्षेत्रको प्रतिनिधित्व गर्ने गृह मन्त्रालयले देशका…

अयोध्याको राम मन्दिरलाई अर्को खतरा दिइएको छ। सोमबार मध्यरातमा, राम जन्मभूमि ट्रस्टलाई 'मन्दिरमा सुरक्षा बढाउन' चेतावनी दिइएको इमेल प्राप्त भयो।…

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।…

प्रतिकृयाहरू
...