Tuesday 11th August 2026

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्यको सूचीमा ८१ औं स्थानमा


तितोपाटी – गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले बिहीबार सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा पर्न सफल भएको हो। म्यागेजिनकाका अनुसार उनीहरूको सम्पति ८७ करोड ६० लाख डलर रहेको छ।

गत वर्ष घले दम्पतीको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो। उनीहरूको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ।

विश्वभरि छरिएका नेपालीहरुको छाता संस्था गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका शेष घलेको मुख्य लगानी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), रियल स्टेट एवं होटल क्षेत्रमा छ।

लम्जुङमा जन्मिएका शेष र जमुना उच्च शिक्षाका लागि सन् १९९१ अष्ट्रेलिया पुगेका थिए। ३८ वर्ष अघि विवाह बन्धनमा बाँधिएको यो जोडी अष्ट्रेलियामा धनाढ्यको सूचिमा परेसँगै सन् २००७ मा नेपालमा लगानी लिएर फर्किएको थियो। उनीहरुको लगानीमा काठमाडौंको ठमेलमा शेराटन होलट निर्माण अन्तिम चरणमा पुगेको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान, टर्की र साउदी अरबबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौता इरानविरुद्ध लक्षित नभएको बताएका छन्।…

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

प्रतिकृयाहरू
...